गणेश लामालाई रिहा गर्न माग गर्दै कांग्रेसको मसाल जुलुस
बनेपा : गणेश लामालनई रिहा गर्न माग गर्दैै नेपाली कांग्रेस काभ्रेले बनेपामा मसाल जुलुस निकालेको छ । कांग्रेसबाट प्रदेश सभामा उम्मेदवार बनेका लामालाई प्रहरीले नियोजीत रुपमा प्रक्राउ गरेको भन्दै शनिबार साँझ बनेपामा मसाल जुलुससहित विरोध प्रदर्शन भएको हो ।
विरोध सभालाई प्रहरीले हस्तक्षप गरेसंगै केही बेर झडप समेत भएको थियो । प्रहरीले भिड नियन्त्रणका लागि केही सेल अश्रुग्यास समेत प्रहार गरेको छ । काभ्रे स्थायी घर भएकालामालाई प्रहरी प्रशासनले फसाउन खोजेको भन्दै कांग्रेसले बिना सर्त रिहाइको माग गरेको छ ।
लामालाई तत्काल रिहाइको माग गर्दै बनेपाको गोदामचोकमा मसाल जुलुस निकालिएको हो । मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेपछि केही समय बनेपामा झडप भएको हो ।
प्रहरीसँगको झडपमा कांग्रेसका क्षेत्रीय सभापति रमेशप्रसाद हुँमागाई लगायत केही कार्यकर्ता घाइते भएका छन् । प्रहरीले कांग्रेसका केही कार्यकर्तालाई नियन्त्रणमा लिएको भए पनि केही बेरमै छोडिदिएको छ ।