विमल गुरुङ अदालतबाट दोषी ठहर, गोर्खाल्यान्ड समर्थक निराश

विमल गुरुङ अदालतबाट दोषी ठहर, गोर्खाल्यान्ड समर्थक निराश

इलामः भारतको दार्जिलिङ, मिरिक, खरसाङसहितको क्षेत्रमा गोर्खाल्याण्ड माग गर्दै आएको गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङलाई सर्वोच्च अदालतले दोषी ठहर गरेको छ ।

बंगाल सरकारले दमन गरेको भन्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्दामा अध्यक्ष गुरुङलाई नै दोषी ठहर गरेपछि समर्थकहरु निराश भएका छन् । अर्कातिर अदालतको यो फैसलाले उनका विरोधीहरु उत्साहित भएका छन् ।

करिब एक दशकदेखि गोर्खाल्याण्ड आन्दोलनको नेतृत्व गरिरहेका विमललाई दोषी ठहर गरेपछि बंगाल उनलाई नियन्त्रणमा लिन बंगाल सरकारलाई बाटो खुलेको छ । उनले अज्ञातस्थलबाट भिडियो क्लिप्स सार्वजनिक गर्दै निराश कार्यकर्तालाई धैर्य गर्न आग्रह गरेका छन् ।

‘न्यायका लागि अरु ढोकाहरु पनि छन् जहाँ गएर हामी काम गर्न सक्छाँै’, उनले भनेका छन् । विमलले आफुसँग गोर्खाल्याण्डका ८० प्रतिशत नागरिक रहेको दावी गरेका छन् । गोर्खाल्याण्डका लागि केन्द्र, बंगाल र मोर्चाबीच तत्काल वार्ताका लागि भारतीय जनता पार्टीलाई आव्हान गरेका छन् ।

विमलको मोर्चाबाट छुट्टिएर गोर्खा टेरिटोरीयल एडमिनिस्टेटिभ ¬(जिटिए¬) का अध्यक्ष बनेका विनय तामाङले भने विमलविरुद्धको फैसलामा खुशी व्यक्त गरेका छन् । बंगालकी मुख्यमन्त्री ममता व्यनर्जीसँग मिलेर गोर्खाल्याण्डका लागि पछिल्लो पटक १०५ दिनसम्म चलेको आन्दोलनलाई दबाएको आरोप खेपिरहेका तामाङ यसबाट हौसिएका छन् । उनले विमल अब कहिल्यै गोर्खाल्याण्डमा नउदाउने प्रतिक्रिया दिएका छन् ।

गुरुङ र महासचिव रोशन गिरीसहितका मोर्चा समर्थकविरुद्ध बंगाल सरकारले युद्ध, हत्या र आगजनी लगायत अभियोगमा मुद्दा दायर गरेको थियो । गुरुङले सबै मुद्दालाई बंगाल सरकारको षडयन्त्र भन्दै आएको छ । जिटिए प्रमुख तामाङले आफुलाई मोर्चा अध्यक्ष दाबी गर्दै आएका छन् । गुरुङ अहिले भुमिगत रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.