तीन स्थानीय तहमा विद्युत सेवा अझै पुगेन

तीन स्थानीय तहमा विद्युत सेवा अझै पुगेन

सिन्धुली : तीन स्थानीय तहमा अझै विद्युत सेवा पुग्न सकेको छैन । दुई नगरपालिका र सात गाउँपालिका रहेको जिल्लाका तीन गाउँपालिकामा विद्युत सेवा पुग्न नसकेको हो ।

जिल्लाकै दुर्गम मानिएको फिक्कल, हरिहरपुरगढी गाउँपालिकाका साथै सडक पहुँच पुगेको सुनकोसी गाउँपालिकामा समेत राष्ट्रिय प्रशारण लाइनले छुन नसकेको स्थानीयको गुनासो छ ।

गाउँमा वर्षौंदेखिको पहल गर्दा पनि विद्युत सेवा विस्तार हुन नसक्दा विकास निर्माणका कामदेखि उद्योग व्यवसाय सञ्चालनमा समेत समस्या हुने गरेको फिक्कल गाउँपालिकाका स्थानीय राजन परियारको भनाइ छ ।

सिन्धुलीको सुनकोसी र फिक्कल गाउँपालिका नजीकैबाट खिम्ती ढल्केबर दुई सय २० केभीको हाइटेन्सन लाइन निर्माण गरिएको छ । त्यही लाइन नजिकै अर्को राष्ट्रिय प्रशारण लाइनको विस्तार भएको पनि वर्षौ भइसक्यो । तर, बत्तिमुनीको अध्याँरो भने झँै फिक्कल गाउँपालिकामा विद्युत सेवा पुग्नै नसकेको उनको भनाइ छ ।

‘टुकीको भरमा बस्नु पर्दा बालबालिका तथा वृद्ध वृद्धाको आँखा, तथा स्वास्थ्यमा असर पर्नुका साथै, आगलागीको जोखिम बढेको, मोवाइल चार्ज गर्न तथा रेडियो टेलीभिजन चलाउन समस्या भएको हरिहरपुरगढी गाउँपालिका शिक्षक खड्ग विक बताउँछन् ।

जिल्लामा २०४६ सालमै राष्ट्रिय प्रसारण लाइन जोडिएको भएपनि ग्रामिण क्षेत्रमा विद्युत विस्तारका लागि भने भौगोलिक कारण र प्रयाप्त बजेट नहुँदा समस्या भएको विद्युत शाखाका प्रमुख खिलनाथ अर्यालले बताए ।

‘स्थानीय जनप्रतिनीधिले उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरे आगामी पाँच वर्ष भित्रमा जिल्लाका सबै तहका घरघरमा विद्युत सेवा पुर्याउँन सकिन्छ,’ उनले भने ।

हालसम्म जिल्लाले माग गरे अनुसारको बजेट कहिल्यै विनियोजन नगरिएकाले समस्या भएको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.