घाइते सविनलार्इ नेपाल फर्काइयाे

घाइते सविनलार्इ नेपाल फर्काइयाे

 युएर्इ : युएईमा रहेका नेपालीको समस्या समाधानका लागि दूतावासले कुटनीतिक सक्रियता बढाएको छ । दूतावासले पछिल्लो पटक कुटनीतिक भ्रमणलाई तीब्रता दिदैँ यहाँ समस्यामा रहेका नेपालीको उद्दारमा खटेको हो ।

दूतावासले युएईमा दुर्घटनामा परेर गम्भीर घाइते भएका एक नेपालीलाई झण्डै १९ लाख रुपैयाँ उपचार खर्च मिनाह गरी उद्दार गरेर नेपाल पठाएको दूतावासका दतीय सचिव कृष्ण अर्यालले जानकारी दिए।  

भिजिट भिसामा युएई आएर काम खोजिरहेका बाग्लुङको गल्कोट १ का  सविन कुँवर युएईको रस अलखेमा उपचार भइरहेको छ । उनी अचेत अवस्थामा उपचाररत  छन्।

सविनलाई एक महिना पहिले बाटो काट्ने क्रममामा गाडीले ठक्कर दिएको थियो । स्थानीय नागरिकले चलाएको कारले ठक्कर दिदाँ अचेत हुनेगरी उनी घाइते भएका हुन्। सविनलाई टाउको र खुट्टामा गम्भीर चोट छ । ६ दिनपछि सविनको होस् खुलेपनि उनी बोल्न र हिडडुल गर्न सक्दैनन् ।

 २१ वर्षका सविन परिवारको जेठो सन्तान हुन् । बुवा इमानसिङ साउदीमा काम गर्छन् । सविन तीन महिना अघि मात्रै युएई आएका हुन्  । बुवाले कमाएर मात्र घरको अवस्था सुध्रिएन भनेर सविन युएई पुगेका थिए ।

बागलुङ सेवा समाज युएइका बरिस्ठ सल्लाहकार चित्र केसीको बिशेष पहल र सक्रियतामा नेपाल दूतावासका कार्यवाहक राजदूतलाई अनुरोध गरे पछि उनको उद्धार भएको थिये । संस्थाका बरिस्ठ उपाध्यक्ष चुडामणी शर्माले सुरुमा उपचार खर्च सवारी चालक स्थानीय नागरिकले तिरेका थिए ।  

उद्दार हुन नसकेपछि दूतावासले फेरि दूतावासका त्रितीय सचिव केशबराज पोखरेललाई अस्पताल पठाएर प्रशाशनिक काम, उपचार र उद्दार गर्ने सम्बन्धमा प्रक्रिया थालेको थियो । 

युएईमा रहेका बागलुङका युवाले चैते दसैं मनाउन जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानालाई युएई बोलाएको थियो । उनले पनि अस्पताल पुगेर सविनलाई  भेटेका थिए ।

 मन्त्रालय र अस्पतालका अधिकारीसँग कार्यबाहक राजदुत सागरप्रसाद फुयाँलले आग्रह गरेपछि सविनको उपचार बापत तिर्नुपर्ने झण्डै १९ लाख रुपैयाँ मिनाह भयो । बुधवार अस्पताल, प्रहरी रिपोर्ट र सबै कागजपत्र जुटाएर बाग़लुंग सेवा समाजको पहलमा निज कुँवरलाई एक तर्फ़ि हवाई टिकट बनाएर चैत्र १४ गते राती एयर अरेबियाको जहाज मार्फत हिवल चेयरमा राखेर  नेपाल पठाइसकेको जानकारी बागलुङ सेवा समाजका अध्यक्ष रत्न बिकले दिए। बिहीबारदेखि सविन ओभरस्टे हुनेभएकाले सबै प्रक्रिया मिलाएर बुधबार नै नेपाल फर्काइएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.