सट्टा प्रधानाध्यापक श्रीमती

सट्टा प्रधानाध्यापक श्रीमती

सिमकोट : केही दिनअघि अपराह्न एक बजे चंखेली गाउँपालिकाको विद्याज्योति आधारभूत विद्यालयमा एक अधबैंसे शिक्षिकाले विद्यालयको अफिस कोठाबाट निस्केर आज मलाई पढाउन मन छैन भन्दै बिदा गरिन्। समय छँदै छ, पछि पढाइ भइहाल्छ नि ! भनेर उनले अफिस कोठामा बाल सहजकर्ता रमिता जैसी र छायादेवी जैसीसँग कानेखुसी गरिन्।

विद्यालय सुरु भएको डेढ महिना बितिसक्दासमेत मनपरी विद्यालय खोल्ने र बिदा गर्ने शिक्षिका प्रधानाध्यापक कीर्तिबहादुर शाहीले आफ्नो सट्टामा राखिएकी सट्टा प्रधानाध्यापक कमला शाही हुन्। फागुन १ गतेदेखि विद्यालय सुरु भए पनि शाहीले श्रीमती कमलालाई प्रधानाध्यापकको समेत जिम्मेवारी दिएर सट्टामा राखेका हुन्। शाहीसहित शिक्षक शंकरलाल उपाध्याय र पर्वते विक कोही नभएपछि सट्टा प्रधानाध्यापक कमला र दुई जना शिशु कक्षाका सहजकर्ताले विद्यालय थेगेका छन्।

चंखेली गाउँपालिका–४ पिप्लाङको रामशाह आधारभूत विद्यालयका स्थायी र दरबन्दीका शिक्षक कोही नभएपछि स्थानीय राजकिरण शाही र महादेव माध्यमिक विद्यालयका शिक्षण अभ्यासमा आएका विद्यार्थीले विद्यालय चलाएका छन्। प्रधानाध्यापक शाहीले आफू शैक्षिक सत्रको सुरुदेखि नै विद्यालयमा उपस्थित नभएपछि विद्यार्थीको हाजिर गर्न राखेका ‘खेताला शिक्षक’ हुन् राजकिरण।

चंखेलीका विद्याज्योति र रामशाह मात्रै होइनन्, फागुन १ गते सुरु हुने हुम्लाका प्रायः विद्यालयका शिक्षक श्रीमतीदेखि आफन्तलाई सट्टामा राखेर आफू जिल्ला सदरमुकाम सिमकोटदेखि नेपालगन्ज, सुर्खेत र काठमाडौं गएका छन्।

हुम्लाका प्रायः विद्यालयका शिक्षक श्रीमतीदेखि आफन्तलाई सट्टामा राखेर आफू जिल्ला सदरमुकाम सिमकोटदेखि नेपालगन्ज, सुर्खेत र काठमाडौं गएका छन्।

श्रीमान् शिक्षक सेवा आयोगको परीक्षा भन्दै मंसिरदेखि नै गाउँ नआएपछि विद्यालयमा भर्ना र हाजिर गर्न आफूलाई राखेको बताएकी विद्याज्योति आधारभूत विद्यालयकी सट्टा प्रधानाध्यापक कमला शाहीले भनिन्, ‘घरमा म एसएलसी पास गरेकी छँदै छु, अरूलाई किन राख्ने ? ’ श्रीमान् अन्य काममा गएपछि सधँै आफू सट्टा प्रधानाध्यापक हुने गरेको खुलासा गरेकी कमलाले विद्यालयको चेक काट्ने कामबाहेक अन्य सबै काम आफैंले गर्ने गरेको बताइन्। ‘अरूलाई राखेर श्रीमान्ले कमाउने पैसा किन खेर हाल्ने ? ’, उनले थपिन्।

विद्यालयका स्थायी र दरबन्दीका शिक्षकले आफ्नो ठाउँमा अलिकति पैसा दिएर पढाउन राखिएको व्यक्तिलार्ई हुम्लामा ‘खेताला शिक्षक’ भन्ने गरिएको छ।

शिक्षक समयमा नआएपछि विद्यार्थीलाई विद्यालयमा आकर्षित गर्न भए पनि आफूहरूले सट्टा शिक्षक राख्न सहमति दिने गरेको विद्याज्योति आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्षसमेत रहेका चंखेली–२ का वडाध्यक्ष हरिहर उपाध्यायले बताए।

‘प्रधानाध्यापक र शिक्षक कहाँ गए भन्ने प्रायः विद्यालय व्यवस्थापन समितिलाई थाहा छैन। शिक्षक लामो समय विद्यालयमा नआएपछि विद्यार्थीको पढाइमा बाधा नपुगोस् भनेर खेताला शिक्षक राखिएको रामशाह आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष गोपाल शाहीले बताए।

‘०३५ सालमा स्थापना भएको रामशाह आधारभूत विद्यालयले एक जना पनि स्थायी शिक्षक नपाएकाले यस्तै गरी चलाइरहेका छौँ’, अध्यक्ष शाहीले भने।

शिवशंकर आधारभूत विद्यालय चरिगाउँमा पनि प्रधानाध्यापक राजबहादुर बुढा विद्यालय नआएको लामो समय भयो। उनको ठाउँमा समेत मनलाल ऐडीलाई खेताला शिक्षकका रूपमा राखिएको छ। उनी के कामका लागि कहाँ गए भन्ने विद्यालयलाई केही जानकारी छैन। अर्का शिक्षक प्यारीबहादुर जैसीले पनि प्रधानाध्यापककै सिको गरेका छन्। उनले पनि खेताला शिक्षक राखेका छन्।

दुर्गम हिमाली जिल्ला हुम्लाका गाउँका अधिकांश विद्यालयमा खेताला शिक्षक धेरै छन् तर त्यसबारे जिल्ला शिक्षा कार्यालयलाई केही पत्तो छैन। स्रोत व्यक्तिमार्फत विद्यालयको जानकारी आउने बताएका जिल्ला शिक्षा अधिकारी मदनकुमार थापाले के अवस्था छ बुझेर आवश्यक कारबाही प्रक्रिया अघि बढाउने प्रतिक्रिया दिए।


साढे एक महिनामा पढाइ नहुँदा विद्यार्थीलाई मर्का

शैक्षिक सत्रमै सबैभन्दा बढी पढाइ हुने चैतमा समेत दुई विषयभन्दा बढी पढाइ नभएपछि महादेव माध्यमिक विद्यालय दार्माको कक्षा १० मा अध्ययनरत दलबहादुर ऐडीलाई यो वर्ष कोर्स नसकिने भयो भन्ने चिन्ताले पिरोलेको छ। विद्यालयको छात्रावासमा बस्ने ऐडी १७ जना शिक्षक भएको आफ्नो विद्यालयमा ७ जना मात्रै भएपछि दिनमा दुई विषय पढाइ भएर बिदा हुने गरेको बताउँछन्।

विद्यालयमा कोही पनि शिक्षक नभएपछि हाजिर गरेर घर फर्केको बताएका महाकवि लक्ष्मी आधारभूत विद्यालयको कक्षा ८ मा अध्ययनरत धनकेश जैसी शिक्षक नआएसम्म विद्यालय नजाने सोच बनाएका छन्। विद्यालयमा भएका सबै शिक्षक सिमकोटदेखि नेपालगन्ज गएपछि आफू मात्रै रहेको बताएका महाकवि लक्ष्मी आधारभूत विद्यालयका शिक्षक रत्नप्रसाद जैसीले आफूलाई शिशुदेखि कक्षा ८ सम्मका विद्यार्थीका गुनासा सुन्दैमा दिन बित्ने गरेको स्विकारे।

विद्यालयका शिक्षक नआएपछि आफूहरू विद्यालयमा हाफछुट्टी अघि नै घर फर्किने गरेको अदानचुली गाउँपालिकाको सूर्योदय माध्यमिक विद्यालयका गौरी थापाले बताए।

विद्यालयका शिक्षक अहिलेसम्म नआएपछि पढाइ प्रायः शून्य भएको बताएका ताजाकोट गाउँपालिकाको चन्द्रप्रकाश माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष प्रदीप जैसीले यसबारे जिल्ला शिक्षा कार्यालय र गाउँपालिकाका जनप्रतिनिधिले ख्याल गर्नुपर्नेमा जोड दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.