दुल्लुमा सांस्कृतिक संग्रहालय

दुल्लुमा सांस्कृतिक संग्रहालय

दैलेख : पश्चिम नेपालको सांस्कृतिक धरोहरका रूपमा रहेको दैलेखको दुल्लुमा सांस्कृतिक संग्रहालय बन्ने भएको छ । बाइसे–चौबीसे राज्यका बेला दुल्लु राज्यका रूपमा रहेको सो क्षेत्रको ऐतिहासिक महत्वलाई संरक्षण र प्रचारप्रसार गरी पर्यटन विकासमा टेवा पु¥याउन संग्रहालय स्थापना गर्न लागिएको दुल्लु नगरपालिकाले जानकारी दिएको छ ।

दुल्लु नगरपालिकाको दोस्रो नगरसभाले दुल्लुमा सांस्कृतिक संग्रहालय बनाउने निर्णय गरेको र त्यसका लागि स्थानीय तहले पहिलो प्राथमिकता दिएको बुझिएको छ । नेपाली भाषाको सबैभन्दा पुरानो शिलालेख, विभिन्न मन्दिर, पाटी, पौवाजस्ता मूर्त संस्कृति र देउडा, धमारी, कर्काेजस्ता अमूर्त सांस्कृति सम्पदाको धनी दुल्लु क्षेत्रबाट पछिल्ला दिनमा यस्ता संस्कृति लोप हुन थालेपछि नगरपालिकाले संग्रहालय नै बनाएर संस्कृतिको जगेर्ना गर्न लागेको नगर प्रमुख घनश्याम भण्डारीले बताए ।

ऐतिहासिक दुल्लु क्षेत्रको कला, संस्कृतिको जगेर्ना गर्नु नगरपालिकाको दायित्व भएकाले त्यसका लागि संग्रहालय निर्माण गरिने उनले जानकारी दिए । संग्रहालय बनेपछि लोप हुन लागेका कलासंस्कृतिको संरक्षण हुने उनको भनाइ छ ।

दुल्लु नगरपालिका क्षेत्रभित्र पर्ने पञ्चकोसी क्षेत्रको संवद्र्धन, संरक्षण, प्रवद्र्धन र पर्यटकीय गतिविधि सञ्चालन गर्न ठोस प्रस्ताव बनाएर प्रदेश र केन्द्र सरकारसँग बजेट माग गर्न लागिएको पनि नगर प्रमुख भण्डारीले बताए । विकासका दृष्टिले पछि परेको ऐतिहासिक दुल्लु नगरपालिकामा अस्पतालको स्तरवृद्धि गर्न एक्सरेका साथै अत्याधुनिक सामग्री जापानी टोलीबाट जडान गर्न लागिएको उनको भनाइ छ ।

नगरपालिकाका ६ वटा स्वास्थ्य संस्थामा विशेषज्ञ सेवासहितको स्तरीय ल्याब सेवा सञ्चालन गर्न लागिएको पनि नगरपालिकाले जानकारी दिएको छ । नगरपालिकाले आफ्नो क्षेत्रको १० किलोमिटरमा अप्टिकल फाइबर विस्तार गरेर नेट सञ्चालनमा ल्याउने गरी योजना अघि सारेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.