माग्नेबूढा र पुष्कलसँग रमाए रास्कोटी

माग्नेबूढा र पुष्कलसँग रमाए रास्कोटी

कालीकोट : कालीकोटको पर्यटकीय क्षेत्र रास्कोटमा हास्यकलाकार माग्नेबूढा (केदार घिमिरे) र लोकदोहोरी गायक पुष्कल शर्माको प्रस्तुतिमा रास्कोटवासी निकै रमाए। कर्णाली फाउन्डेसनले रास्कोट नगरपालिकाको सिप्टी विशालीमा आवासीय विद्यालय स्थापना गर्न आयोजना गरेको रास्कोट बृहत् सांस्कृतिक कार्यक्रममा माग्नेबूढा, उनकी पत्नी सीतादेवी तिमिल्सेना र लोकदोहोरी गायक पुष्कल शर्माले आफ्नो प्रस्तुति दिएका थिए।

कर्णाली फाउन्डेसनका अध्यक्ष तिलकप्रसाद उपाध्यायको अध्यक्षता तथा जिल्ला समन्वय समिति कालीकोटका प्रमुख अनिपाल शाहीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा माग्नेबूढाले गरेको प्रस्तुतिमा कालीकोटवासीका पीडा समेटिएको थियो। उनले कालीकोटका गाउँबस्तीमा स्थानीय नागरिकले सिटामोलसम्म नपाएको पीडा, गाउँको विकासका लागि आएको बजेटमा टाठाबाठाको रजाइँ र महिलाले बाटोमा सन्तान जन्माउनुपर्ने बाध्यता आफ्नो प्रस्तुतिमा समेटेका थिए। माग्नेबूढा र उनकी धर्मपत्नी सीतादेवीले गरेको समाजमा हुने यथार्थ घटनाको सांकेतिक प्रस्तुति आकर्षक थियो।

कार्यक्रममा नेपाली लोकदोहोरी गायक पुष्कल पनि थिए। उनले भावुक लोकदोहोरी गीतसँग स्वरमा स्वर गाँसेर दर्शकलाई मनोरञ्जन दिए।

टिकटसहितको कार्यक्रममा ८० हजार रुपैयाँ आम्दानी भएको आयोजकले जनाएको छ। कार्यक्रममा माग्नेबूढाको जोडीले एकमुष्ठ ७५ हजार र पुष्कल शर्माले ३० हजार रुपैयाँ रास्कोटको सिप्टी विशालीमा स्थापना गर्न लागिएको विद्यालय स्थापनाका लागि सहयोग गर्ने घोषणा पनि गरे।

यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका स्वकीय सचिव खेमबहादुर सिंहले १० हजार, नेकपा माओवादी केन्द्रका नेता पोषण शाहीले १० हजार, रास्कोट नगर विकास समितिका अध्यक्ष आनन्द शाहीले १० हजार रुपैयाँ र स्थानीय समाजसेवी बुद्धिजीवीले पनि आर्थिक सहयोग गर्ने घोषणा गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.