राराबाट देशवासीलाई प्रधानमन्त्रीको सम्बोधन

राराबाट देशवासीलाई प्रधानमन्त्रीको सम्बोधन

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले आज कर्णाली प्रदेशको राराबाट देशवासीलाई सम्बोधन गर्दैछन्। रारा महोत्सव उद्‍घाटन गर्न त्यहाँ पुगेका प्रधानमन्त्रीले अहिले देशवासीका नाममा सम्बोधन गरिरहेका हुन्। 

ओलीले रारा तालबाट देशबासीको नाममा सम्बोधनका क्रममा मुलुकले नयाँ गति लिएको उल्लेख गर्दै अब आर्थिक समृद्धितर्फ लम्किनुपर्ने बताएका छन् । 

प्रधानमन्त्रीले समृद्धिको युग सुरु भएको भन्दै अब के नेपाल बन्छ ? के नेपाली समृद्ध बन्छन् ? भनेर प्रश्न गर्ने दिन गएका पनि ठोकुवा गरे । 

जनताको ठुलो विश्वाससहितको जनप्रतिनिधिका रुपमा आफू उभिएकाले कुनै बहाना नगरी देश विकासतर्फ अघि बढ्ने उनले जिकिर गरे । 'आफ्नो देश आफैँ बनाउन सक्छौ', भन्ने उच्च मनोबल र दृढताका साथ आर्थिक समृद्धि अभियान थालिने पनि उनले घोषणा गरे । 

प्रधानमन्त्री ओलीले गौतम बुद्धलाई सम्झिँदै देश तथा विदेशमा लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न पनि आह्वान गरे । उनले अब, 'शान्ति र करुणा भएको मुलुकमा बुद्धको उपदेशलाई अनुसरण गर्दै अघि बढ्नुपर्छ', भने । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.