पशुपति क्षेत्र पुनर्निर्माण सुस्त

पशुपति क्षेत्र पुनर्निर्माण सुस्त

काठमाडौं : भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्र विकास कोष परिसरका ४६ प्राचीन स्मारक तथा सम्पदा पुनर्निर्माण गर्नुपर्नेमा तीन वर्ष पुग्न लाग्दा ३४ स्मारकको पुनर्निर्माण अझै सुरु गरिएको छैन। कोषले आर्थिक वर्ष ०७७÷७८ सम्म पुनर्निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखे पनि हालसम्म भट्टहरूको आवास मर्मत र बालगणेश मन्दिर मात्र निर्माण सम्पन्न भएका छन् भने १० स्मारकको ठेक्का लागेको छ।

कोषले पाशुपत क्षेत्रका ४६ स्मारक पुनर्निर्माणका लागि दुई अर्ब ६ करोड १५ लाख लागत अनुमान स्वीकृत गरेकामा ६ स्मारक तथा मन्दिर निर्माणका लागि दाताबाट प्रतिबद्धता आएको छ। महालेखा परीक्षकको ५५औं वार्षिक प्रतिवेदनमा ४६ मध्ये ३४ स्मारक तथा सम्पदा निर्माण सुरु नभएको उल्लेख छ। यही गतिमा पुनर्निर्माण हुने हो भने निर्धारित समयमा कार्य सम्पन्न नहुने प्रतिवेदनले उल्लेख गरेको छ।

कोषमा प्राविधिक जनशक्ति पर्याप्त नभएको र पुरातत्व विभागबाट स्मारक पुनर्निर्माणको डिजाइन स्वीकृतिमा ढिलाइ भएका कारण काम ढिलो भएको प्रतिवेदनमा उल्लेख छ। राजेश्वरी श्राद्ध पाटी, गौरीघाट चौघेरा सत्तल, बज्रेश्वरी सत्तल, जयबागेश्वरी मन्दिर र महास्नान घरको पुनर्निर्माण गर्न पाँच वटा दातासँग सम्झौता गरे पनि अझै निर्माण सुरु हुन सकेको छैन।

भूकम्पपश्चात् वनकाली धर्मशाला जीर्ण भएकाले हालसम्म सञ्चालनमा आएको छैन। महास्नान घर र मृगस्थली क्षेत्रमा रहेका विश्वरूप मन्दिरको भग्नावशेषसमेत अझै हटाइएको छैन। काठ र मूर्ति यत्रतत्र छरिएका छन् भने आधा भाग भाँचिएको छ। मूर्तिको रङरोगन उडेको र संरक्षण नभएको देखिन्छ। प्रतिवेदनमा पुरातत्व विभाग, युनेस्को र कोषको निकायगत समन्वय अभावका कारण भग्नावशेष व्यवस्थापन हुन नसकेको उल्लेख छ।

कोषमा प्राविधिक जनशक्ति पर्याप्त नभएको र पुरातत्व विभागबाट स्मारक पुनर्निर्माणको डिजाइन स्वीकृतिमा ढिलाइ हुँदा तीन वर्षमा भट्टको आवास र बालगणेश मात्र निर्माण हुन सकेको छ।

मृगस्थलीमा योगी नरहरिनाथ सत्तल र गोरखनाथ सत्तल पुनर्निर्माण कार्य ठेक्काको माध्यमबाट भइरहेको छ। कोषअन्तर्गत शंकराचार्य मन्दिर पुनर्निर्माण कार्यको भौतिक प्रगति करिब ६० प्रतिशत पुगेको छ। ‘मन्दिरको पूर्व र पश्चिम इँटा पर्खालको भित्री भागको एलाइनमेन्ट नमिलेको र सिल ब्यान्डसमेत नराखी निर्माण गरेकाले सम्पदा पुनर्निर्माणमा आवश्यक अनुगमनको अभाव रहेको देखिन्छ’, प्रतिवेदनमा भनिएको छ, ‘यसबाट निर्माण भएका सम्पदाको गुणस्तरप्रति विश्वस्त हुने आधार नदेखिएकाले ‘बिल्ड ब्याक बेटर’ को उद्देश्य हासिल हुन सक्ने देखिँदैन। निर्माण प्रक्रियाको आवश्यक अनुगमन हुनुपर्छ।’

कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले ठेकेदारको कार्यशैली, किस्ताबन्दी बजेट र निर्माण क्षेत्रमा हुने जात्रा र चाडपर्वका कारण काम ढिलो भइरहेको बताए। पछिल्लो समय २२ स्मारक तथा सम्पदा पुनर्निर्माणको काम भइरहेको उनले बताए, ‘ठेकेदारलाई ताकेता गरिरहेका छौं, बजेट आएसम्म काम गरेका छौं। बर्सेनि आउने भएकाले एकैपटक काम गर्न कठिन छ।’ पशुपतिनाथ दर्शनका लागि बिहानदेखि बेलुकीसम्म भक्तजन आउँदा र जात्रा र चाडपर्वका समयमा काम गर्न सहज नभएको उनले बताए। महास्नान घर नेपाल इन्भेस्टमेन्ट बैंकले बनाउने भनिएकोमा डिजाइनको काम सकी पुरातत्व विभागबाट स्वीकृत भएर आएकाले अब चाँडै काम सुरु हुने उनको भनाइ छ। ‘जयबागेश्वरी बनाउँछु भन्ने दातासँग सम्झौता तोडेका छौं, अरूबाट पनि अपेक्षित काम भएको छैन’, उनले भने, ‘महालेखाले औंल्याएका विषयमा सचेत छौं, तिनको कार्यान्वयन गर्न तत्पर छौं।’


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.