एअर होस्टेसले के गर्नु हुँदैन ?

एअर होस्टेसले के गर्नु हुँदैन ?

विश्वमा दैनिक ४२ हजार विमान विश्वको एक कुनाबाट अर्को कुनामा आवत्जावत गर्छन्। करिब २५ लाख यात्रुले हवाईजहाजबाट यात्रा गर्छन्। हवाईजहाजमा यात्रुको हेरचाह र सुविधामा ध्यान दिने काम विमान परिचारिकाले गर्छन्। उनीहरूले यात्रुको स्वास्थ्य, सुरक्षा, खानपान र मनोरञ्जनलगायतका सबै कुरामा ध्यान पुर्‍याउनुपर्ने हुन्छ।

सधैं आकाशमा यात्रा गर्ने र देशविदेश घुम्न पाइने हुनाले विमान परिचारिका भएर आफ्नो करियर बनाउन चाहने पनि धेरै हुन्छन्। तर यो पेसामा आबद्ध भइसकेपछि केही नियममा बाँधिनुपर्ने हुन्छ। विमान परिचारिकाले गर्न हुने र नहुने कामका बारेमा यहाँ छोटकरीमा प्रस्तुत गरिएको छ।

रक्सी खान रोक

यदि कुनै यात्रुले ड्युटी फ्रिबाट रम, ह्विस्की वा अन्य कुनै रक्सी किनेर प्लेनमै खान खोज्छ भने उसलाई परिचारिकाले रोक्नुपर्छ।

धेरै पिउन नदिने

जुनसुकै क्लासमा यात्रा गरिरहेको भए पनि यदि यात्रुले मादक पदार्थ सेवन गरेको भए एयर होस्टेसले मागेअनुसार धेरै दिन मिल्दैन। यात्रुले धेरै नै पिएर मात्न थालेपछि जुनसुकै बेला पेयपदार्थ दिन बन्द गर्ने अधिकार परिचारिकासँग हुन्छ।

अरूसँग बसेर पिउन नपाउने

विमान परिचारिकाले यात्रुसँग बसेर ककटेल लिन नपाउने नियम छ। प्यासेन्जरलाई पिलाउने कुनै पनि पेयपदार्थ आफू ड्युटीमा रहेका बेलामा उनले पिउन पाउँदिनन्।

सामानको प्रवर्द्धन गर्नु हुँदैन

विमान परिचारिकाले कुनै तेल, फफ्र्युम वा अन्य सामग्रीको प्रचार आदि गर्नु हुँदैन। यदि केही गरी बिक्री खोजिए उनका विरुद्ध गुनासो गर्ने अधिकार यात्रुसँग हुन्छ।

सुत्नु हुँदैन

परिचारिकाले रातिको फ्लाइटमा पनि सुत्न पाउँदिनन्। प्यासेन्जरको सेवामा खटिइरहनु पर्ने र सुरक्षित उडानका लागि पाइलट कतै निदाएको त छैन भनेर हेर्ने जिम्मा पनि उनकै हुन्छ।

टिप्स लिन नपाउने

एकदमै राम्रो सेवा सुविधा दिएकोमा यदि कोही खुसी भएर टिप्स दिन्छ भने पनि परिचारिकाले लिन हुँदैन। किनभने सम्पूर्ण सेवा शुल्क हवाईजहाजको भाडामा नै जोडिएको हुनाले विमान परिचारिकाले कुनै पनि टिप्स लिन नपाउने नियम छ।

सधैं युनिफर्ममा

विमान परिचारिका कुनै पनि हालतमा पोसाक लगाएरै हवाईजहाजमा उपस्थित हुनुपर्ने हुन्छ। कतिले त हवाईजहाज उड्नु अगाडि मात्रै आफ्नो पोसाक परिवर्तन गरे पनि युनिफर्म नलगाई यात्रुसँग बोलचाल गर्न पनि नपाइने नियम छ।

अनावश्यक सामान बोक्न नपाइने

हवाईयात्रा गर्ने अन्य यात्रुलाई जस्तै विमान परिचारिकालाई पनि सेक्युरिटी चेक हुने भएकाले उनीहरू आफूसँग जे पायो, त्यही सामान बोकेर हिँड्न पाउँदैनन्।

सिट परिवर्तन गर्न नपाउने

कुनै सिट खालि भयो वा यात्रुप्रति दया माया जाग्यो भन्दैमा यात्रुको सिट परिवर्तन गर्ने अधिकार परिचारिकासँग हुँदैन।

ककपिट छिर्न नपाइने

विमान परिचारिका ककपिटमा जान पाउँछन्। तर जतिबेला मन लाग्यो, त्यतिबेला जान पाउँदैनन्। ककपिटमा पस्नु अगाडि उनीहरूले फोन गरेर पाइलटलाई जानकारी दिनु जरुरी हुन्छ। ढोकामा भएका कोड थिचेर उनीहरू भित्र जान सक्छन्।

चेक लिनु हुँदैन

यदि तपाईं हवाईजहाज भित्र नै कुनै कुरा किनेर खाँदै हुनुहुन्छ वा त्यहाँको ड्युटी फ्रिबाट कुनै सामान मगाउँदै हुनुहुन्छ भने त्यहाँ चेकबाट कारोबार गर्न मिल्दैन।

व्यक्तिगत विवरणमा चासो हुनु हुँदैन

कुनै पनि व्यक्तिले हवाईजहाजभित्र छिर्दा आफ्नो बोर्डिङ पास मात्रै देखाउने हुनाले कुनै पनि यात्र्को व्यक्तिगत विवरणप्रति विमान परिचारिकाले चासो राख्न मिल्दैन। यात्रुको व्यक्तिगत विवरणमा गोपनीयता कायम गर्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.