वृद्धभत्ता अनियमितताबारे छानबिन सुरु

वृद्धभत्ता अनियमितताबारे छानबिन सुरु

सिमकोट : हुम्लामा सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीबारे छानबिन थालिएको छ। अन्नपूर्णले सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता हुने गरेको समाचार प्रकाशन गरेपछि सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रको पहलमा जिल्ला समन्वय समिति (जिसस)ले छानाबिन थालेको हो।

‘सामाचार प्रकाशित भएपछि यसबारे सर्वत्र विरोध र चासो बढेपछि हामीले बोर्ड बैठक बसेरै छानाबिन समिति गठन गरेका हौं’, जिससका संयोजक दानबहादुर रावलले भने, ‘समन्वय समिति सदस्य जीवन रावतको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो।’

मैला, श्रीनगर, कालिका, राया, लाली, डाँडाफया र स्याँडामा गरिएको अध्ययनपछि प्रकाशित समाचारले बालबालिका र असाहयका लागि जाने रकममा व्यापक अनियमितता हुने गरेको तथ्यांक सार्वजनिक गरेको थियो। जिससको निर्णयअनुसार छानबिन समितिले सबै गाविसको अध्ययन गर्ने रावलले जानकारी दिए।

पहिलो चरणमा १८ दिन लगाएर अध्ययन गरेको जिल्लाको दक्षिण क्षेत्रका मैला, श्रीनगर र कालिकामध्ये बढी अनियमितता मैलामा भएको उनले बताए। ‘बाल अनुदान वितरणमा निकै अनियमितता भएको पाइयो,’ उनले भने, ‘त्यहाँ २०७२÷७३ भन्दा अघिबाट समेत रकम नपाएको पाएका छौं।’

सचिवको दौडधूप

जिससको अनुसन्धान टोली सामाजिक सुरक्षा भत्ता वितरणको अनुगमन गर्न गाउँ छिरेपछि साविकका गाविस सचिवको दौडधुप सुरु भएको छ। आफ्नो गल्ती ढाकछोप गर्न अधिकांश समय जिल्लाबाहिर रहने सचिव रातारात गाउँ पुगेका छन्।

अध्ययन टोलीमा संलग्न एक सदस्यका अनुसार साविकको श्रीनगर र कालिका गाविसका सचिव टोली गाउँ पुगेकै दिन काठमाडौंबाट फर्किएका छन्। अध्ययन टोलीसँग बुझाउन बाँकी रहेको रकम तत्काल भुक्तानी गर्ने भन्दै आफ्नो रिपोर्ट नराम्रो नलगिदिन उनले अनुनय गरेको बताइएको छ। साविकको श्रीनगर गाविस ४ र ५ मा मात्रै दुई लाख रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न देखिएकोमा आफूलाई राति आएर रकम बाँड्दिन सचिवले आग्रह गरेको अदानचुली गाउँपालिका ३ का वडाध्यक्ष दत्त विष्टले जानकारी दिए।

रेडियोमा सूचना गरेर अध्ययन

अनुसन्धान गर्ने निकाय सतर्कता केन्द्र र अख्तियार अनुसन्धान आयोगको समेत जिम्मेवारी पाएको छानबिन टोलीले सार्वजनिक सञ्चारमाध्यम रेडियोमा सूचना गरेर अध्ययन थालेको छ। मैलाका १ देखि ५ वडाका केही सीमित बस्तीमा पुगेको टोलीले आफूसँग समय नभएको भन्दै श्रीनगर र कालिकामा रेडियोमा सूचना गरेर अध्ययन गरेको हो।

श्रीनगरमा भएको रेडियो श्रीनगरमा सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता भएको भन्ने खबर सार्वजनिक भएपछि आफू स्थलगत अध्ययनका लागि गाउँ आएको भन्दै समितिले रेडियोमा सूचना प्रसारण गरेर हालका गाउँपालिका वडाध्यक्षमार्फत जानकारी लिएको अदानचुली ३ का अध्यक्ष दत्त विष्टले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.