काठमाडौँमा मात्रै ५ सय बालबालिका ‘खलासी’

काठमाडौँमा मात्रै ५ सय बालबालिका ‘खलासी’

काठमाडौँ: सार्वजनिक यातायातमा बालबालिकाको प्रयोग बढ्दो छ । सिन्डिकेटको आरोप खेपिरहेका सार्वजनिक यातायातमा खलासी (सह-चालक) का रुपमा ठूलो मात्रामा बालबालिकाको प्रयोग हुँदै आएको छ । 

काठमाडौं उपत्यकामा मात्रै बस, मिनिबस, माइक्रो, टेम्पो र ढुवानीका साधनमा ५ सय भन्दा धेरै बालबालिकाको प्रयोग भइरहेको केन्द्रीय बालकल्याण समितिले जनाएको छ । बालश्रम (निषेध र नियमित गर्ने) ऐन २०५६ मा सार्वजनिक यातायातमा बालबालिकालाई श्रममा लगाउनु हुँदैन भन्ने स्पष्ट व्यवस्था भए पनि त्यसलाई अटेर गरेर अहिलेसम्म उनीहरुलाई जोखिमपूर्ण हुँदै आएको छ ।

सार्वजनिक यातायातमा बालश्रम निषेध गरेको २० वर्ष बितिसक्दा कार्यान्वयन हुन सकेको छैन । बालश्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ अनुसार बालबालिकालाई श्रमिकका रूपमा काममा लगाएमा एक वर्षसम्म कैद वा ५० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । 

बालश्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ अनुसार कसैले पनि १६ वर्ष उमेर पूरा नगरेका बालबालिकालाई सार्वजनिक परिवहनलगायतका वा निकृष्ट तथा जोखिमपूर्ण व्यवसाय वा काममा लगाउन हुँदैन भनिएको छ । 

श्रम कार्यालय बागमती, केन्द्रीय बालकल्याण समिति र बालअधिकारका क्षेत्रमा कार्यरत संघसस्थाले काठमाडौं उपत्यकामा सञ्चालित बस, मिनिबस, माइक्रोबस, टेम्पो र ढुवानीका साधन लगायतका सर्वाजनिक यातायातलाई बालश्रमरहित बनाउने अभियान  बुधबार (वैशाख ५ गते) देखि पुरानो बसपार्कबाट सुरु गरिएको छ । 

श्रम कार्यालय बागमतीका कार्यालय प्रमुख उदय कुमार गुप्ताको नेतृत्वमा सुरु गरिएको उक्त अभियानबाट १८४ वटा गाडीको अनुगमन गरिएको छ । अभियानका क्रममा खलासीका रुपमा कार्यरत १६ वर्षमुनिका १४ बालकको उद्दार गरिएको केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले जानकारी दिए । 

उद्दार गरिएका बालकको संरक्षण र उचित व्यवस्थापनका लागि विभिन्न संस्थामा पठाइएको र बालबालिकाको प्रयोग गर्ने सार्वजनिक  यातायातलाई कारवाहीको लागि श्रम कार्यालयमा हाजिर हुन निर्देशन गरिएको  उनले जानकारी दिए । 

‘उद्दार गरिएका बालबालिकालाई संरक्षणको लागि पठाएको छौ भने बालबालिका प्रयोग गर्ने गाडीलाई आवश्यक कारवाहीको लागि पत्र काटिएको छ’, उनले भने ।

 कार्यकारी निर्देशक धितालले यातायात क्षेत्रलाई बालश्रम मुक्त बनाउने अभियानलाई निरन्तरता दिने बताए । उनले केही समय श्रम कार्यालय र बाल कल्याण समितिले अनुगमन गर्ने र त्यसपछि ट्राफिक प्रहरीले नियमित अनुगमन गर्ने बताए । अनुगमन गरिएका सार्वजनिक यातायात स्टीकर पनि टाँसिएको छ । 

धितालले यातायात क्षेत्रलाई बालश्रम मुक्त बनाउने अभियान अन्तर्गत अनुगमन थालिएको बताए ।  उनले बालबालिका प्रयोग गर्ने यातायातका साधानलाई कारवाही गरिने बताए ।   

बालकल्याण समितिका धितालका अनुसार केही समय अघि गरिएको अध्ययनमा काठमाडौं उपत्यकामा मात्रै ५ सय बढी बालबालिकाका यातायायत क्षेत्रमा जोखिम पूर्ण श्रम गरिरहेका छन् । 

सहयोगका लागि बालबालिका खोजतलास समन्वय केन्द्रको टोल फ्री फोन नं १०४ वा बाल हेल्पलाइनको टोलफ्री फोन नं १०९८ मा सम्पर्क गर्न सकिने छ । 

काठमाडौँ उपत्यकालाई सडक बालबालिकामुक्त बनाउने अभियानअन्तर्गत आव २०७३÷७४ सम्ममा ६५६ बालबालिकालाई उद्धार गरी व्यवस्थापन गरिएको  छ । 

हाल मुलुकका ४६ जिल्लामा करिब ५६७ आवासीय बालगृह सञ्चालनमा छन् । ती बालगृहमा जम्मा १६ हजार ५३६ बालबालिका (बालक, आठ हजार ३१८ र बालिका आठ हजार २१८) ले संरक्षण पाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.