सरकार स्विकार्छ, विद्यार्थीको सिकाइ स्तर खस्कियो

सरकार स्विकार्छ, विद्यार्थीको सिकाइ स्तर खस्कियो

काठमाडौं : शिक्षामा हाल गरिएको लगानीले सोचेअनुसार प्रतिफल दिन नसकेको सरकारी अध्ययनले देखाएको छ । शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ) ले गरेको अध्ययनले विद्यार्थीको सिकाइ स्तर खस्कँदै गएको देखाएको हो । विद्यार्थीको सिकाइ स्तर बढाउन विगतमा दिइएको सुझाव कार्यान्वयनमा मन्त्रालय तथा मातहतका निकाय असफल रहेको पनि अध्ययन प्रतिवेदनले औंल्याएको छ । ईआरओ विद्यालय शिक्षामा देखिएका समस्यालाई उजागर गरेर सुधारका लागि आवश्यक सुझाव दिन शिक्षा मन्त्रालयकै सहसचिवको नेतृत्वमा गठन गरिएको निकाय हो ।

ईआरओलाई प्रभावकारी बनाएर स्थायी निकायको रूपमा स्थापित गर्न शिक्षा ऐनको आठौं संशोधनमा पनि समावेश गरिएको छ । ईआरओले सन् २०१७ (शैक्षिक वर्ष २०७३) मा कक्षा ८ मा पढिरहेका विद्यार्थीसँग अनिवार्य नेपाली, गणित र विज्ञान विषयको सिकाइस्तरबारे अध्ययन गरेको थियो ।

 यी तीनै विषयमा यस्तै अध्ययन सन् २०१३ मा पनि भएको थियो । तर, पाँच वर्षको अवधिमा विद्यार्थीको सिकाइ उपलब्धि नेपालीमा सामान्य वृद्धि भएको देखिए पनि गणित र विज्ञानमा भने घटेको छ । सन् २०१३ मा गणित विषयमा सिकाइ उपलब्धि ५०७.९६ प्रतिशत रहेकोमा अहिले घटेर ४९२.३९ मा झरेको छ ।

 सन् २०१३ मा गणित विषयमा सिकाइ उपलब्धि ५०७.९६ प्रतिशत रहेकोमा अहिले घटेर ४९२.३९ मा झरेको छ ।

विज्ञान विषयमा पनि पाँच वर्षअघि सिकाइ उपलब्धि ५०२ रहेकोमा अहिले घटेर ४९८.७५ प्रतिशतमा झरेको छ । नेपाली विषयमा भने पाँच वर्षअघिको तुलनामा १० अंकले बढेको छ । सांकेतिक रूपमा तीन विषयको मात्र सिकाइस्तर मापन गर्दा खस्केको देखिए पनि समग्रमा सबै विषयको स्तर खस्केको यसले संकेत गर्छ ।

 विद्यार्थीको नतिजालाई औसत अंक ५ सयलाई आधार मानेर अंक प्रदान गरिएको थियो । २०१३ को प्रतिवेदनले विद्यार्थीलाई घोकाउनुको सट्टा स्वतन्त्र लेखन, सिर्जनात्मक अभ्यास, विद्यार्थीको पारिवारिक, सामाजिक तथा आर्थिक पृष्ठभूमिको अध्ययन गर्नुपर्ने, विद्यालयको शैक्षिक वातावरण, कक्षाकोठामा शिक्षकको उपस्थिति, शिक्षक र विद्यार्थीबीचको सम्बन्ध, जातिगत तथा भौगोलिक अवस्थाअनुसार उनीहरूबीचको सिकाइस्तरमा देखिएको असमानता हटाउन नीतिगत तहमै छलफल गर्नुपर्नेलगायत सुझाव दिइएको थियो।

शिक्षा मन्त्रालयका सचिव खगराज बरालले शिक्षामा सरकार र अभिभावकले गरेको लगानीअनुसार देखिएको उपलब्धि सन्तोषजनक नभएको स्विकारे । यसको मुख्य कारक शिक्षक भएको बरालले बताए, ‘सन् २०१३ मा दिइएको सुझावअनुसार सरकारले सञ्चालन गरेको नीति तथा कार्यक्रम र प्रयत्न प्रभावकारी देखिएन । यसलाई गम्भीर रूपमा लिँदै मन्त्रालयले स्थानीय तहसँग सहकार्य गरेर सुधारको पहल गर्छ ।’ प्रतिवेदन सार्वजनिक गर्दै ईआरओका प्रमुख सहसचिव डा. लेखनाथ पौड्यालले भने, ‘यो अध्ययनले मन्त्रालयलाई भावी दिनमा नीति तथा कार्यक्रम निर्माणमा सहयोग पुर्‍याउनेछ ।’

 अध्ययनमा २६ जिल्लाका एक हजार ९ सय ५० विद्यालयका ४६ हजार दुई सय ६६ विद्यार्थीको परीक्षण गरिएको थियो । प्रतिवेदनअनुसार विद्यार्थीले भर्ना भएको कक्षाअनुसार उमेर न्यून र उच्च हुँदा सिकाइस्तरमा असर गर्ने देखिएको छ । घरमा आमाबाबुलाई काममा सघाउने, नियमित रूपमा दुई घण्टा टेलिभिजन हेर्नेलगायत बालबालिकाको सिकाइ उपलब्धि राम्रो रहेको प्रतिवेदनले औंल्याएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.