आफूले पढाउने विद्यालयमै सन्तान भर्ना अनिवार्य

आफूले पढाउने विद्यालयमै सन्तान भर्ना अनिवार्य

 स्याङ्जा : चापाकोट नगरपालिकाले सामुदायिक विद्यालयमा पढाउने शिक्षकलाई उनीहरूका सन्तान सामुदायिकमै पढाउन अनिवार्य गरेको छ । नगर शिक्षा समितिले यस्तो नियम बनाएको हो । मेयर शिव गिरीले नगरपालिकाको निर्णय वास्ता नगर्ने शिक्षकलाई कारवाही गरिने जानकारी दिएका छन् । उनले आफूले सरकारी तलब खाएर निजी स्कुलमा छोराछोरी पढाउने काम जायज नहुने बताए । ‘शिक्षक, अभिभावक र विद्यार्थीबीचको त्रिकोणात्मक सम्बन्धले शैक्षिक गुणस्तर वृद्धि गर्न सकिन्छ’, उनले भने, ‘महँगो शुल्क तिरेर निजी विद्यालयमा पढाउनुभन्दा निःशुल्क शिक्षा लिनेतर्फ सबैको ध्यान जान आवश्यक छ ।’ विद्यालय परिवारले चाहे त्यो सम्भव हुने उनको विश्वास छ । भन्छन्, ‘विद्यालयलाई साथ दिन हामी तयार छौं ।’

नगरपालिकाभित्र रहेका ५२ वटा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिसहित सामुदायिक विद्यालयमा शिक्षाको आकर्षण वृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उपमेयर विमला श्रेष्ठले बताइन् । स्याङ्जाकै कालीगण्डकी गाउँपालिकाले पनि आफ्नो गाउँपालिकाभित्रका जनप्रतिनिधि, सरकारी कर्मचारी र शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधिका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने नियम बनाएको छ ।

गाउँपालिकाद्वारा जारी स्थानीय शिक्षा ऐनअनुरूप बसेको गाउँपालिका बोर्डको निर्णयअनुसार सरकारी कर्मचारीसहित विद्यालयका सरोकारवाला र जनप्रतिनिधिले आफ्ना छोराछोरीलाई सरकारी विद्यालय पढाउनैपर्ने अनिवार्य बनाएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए । गाउँपालिकामा ३६ वटा सामुदायिक विद्यालय छन् । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नुका साथै सरकारको लगानी सदुपयोग गर्न पनि यस्ता अभियान आवश्यक रहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद खनालले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.