सुशासनका क्षेत्रमा त्रिवेणीलाई ‘नमुना’ बनाइने

सुशासनका क्षेत्रमा त्रिवेणीलाई ‘नमुना’ बनाइने

मुसीकोट : रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका जनप्रतिनिधि स्थानीय तहमा सुशासन कायम गर्न प्रतिवद्ध रहेको बताएका छन् । जनप्रतिनिधिले त्रिवेणी गाउँपालिकालाई ‘नमुना’ बनाउने सामुहिक प्रतिवद्धता समेत जनाएका हुन्  ।

हरप्लेस नेपाल रुकुमद्वारा सिम्रुतुमा आयोजना गरिएको सुशासन सम्बन्धी समन्वय बैठक तथा छलफलमा उपस्थित भएका त्रिवेणी गाउँपालिकाका अध्यक्ष झक्कुप्रसाद घर्ती, वडाअध्यक्षका साथै स्थानी सरोकारवालाले सुशासन प्रवर्द्धन रणनीति तथा कार्ययोजना-२०७४ मा व्यवस्था भए अनुसार सुशासन समिति गठन गर्ने, गाउँपालिकाका दशवटै वडामा चौमासिकरुपमा नियमित सार्वजनिक सुनुवाई गर्ने निर्णय गरिएको छ । 

त्रिवेणीका सबै वडामा स्थानीय सभा गठन गर्ने निर्णय गरिएको छ । यसअघि वडा नं. ३, ४ र ५ मा  उक्त स्थानीय सभा गठन गरिएको थियो । स्थानीय सरकारले नै गठन गरी प्रभावकारी कार्यान्वयन गर्ने र गाउँपालिकामा नागरिकको सहज पहुँच विस्तार गर्न र गुनासोको व्यवस्थापनका लागि हरप्लेसको प्रविधिक सहयोगमा टोल फ्री फोन समेत सुचारु गर्ने निर्णय गरिएको छ ।

त्रिवेणी गाउँपालिका अध्यक्ष घर्तीले सबै क्षेत्रमा सुशासन कायम हुन सकेमात्र नेपालको संविधानले परिकल्पना गरेको समाजवादको लक्ष्यमा पुग्न सकिने बताए । उनले सुशासन कार्यन्वयन र जवाफदेहिता कायम गर्ने कुरामा गाउँपालिकालाई नमुना बनाउन सरोकारवाला सबैबाट आवश्यक सहयोगको समेत अपेक्षा गरेको बताए ।

‘जनताबाट निर्वाचित हामी जनप्रतिनिधिको पहिलो प्राथमिकता भनेकै सुशासन प्रवर्द्धन गर्नु हो ,’उनले भने,‘यसका लागि हामि प्रतिवद्ध भएर लाग्न सक्नुपर्छ । यसकारण सबै क्षेत्रमा सुशासन कायम गर्न हामी अधिकतम प्रयास गरिरहेका छौ । अब निर्णय गरेरै लागू गर्छौँ । त्रिवेणी गाउँपालिका सुशासनको क्षेत्रमा नमुना हुनेछ ।’

उनले सुशासन, पारदर्शिता र जवाफदेहिता प्रवर्द्धनका लागि आवश्यक कानुन, नियम, कार्यविधि निर्देशिका पारित गरेर अगाडि बढ्ने कुरामा बिशेष जोड दिनुपर्ने बताए । उनले सरोकारवाला सबैले त्रिवेणी गाउँपालिकालाई सुशासन र जवाफदेहिताको क्षेत्रमा नुमना बनाउन आ-आफ्नो ठाउँबाट लाग्ने बताएका थिए ।

हरप्लेस रुकुमका जिल्ला कार्यक्रम संयोजक सुरेन्द्र खत्रीले पारस्परिक जवाफदेहिता परियोजना लागु भएको गाउँपालिकामा सुशासन प्रवर्द्धनका लागि जनप्रतिनिधि प्रतिवद्ध हुनु सुखद रहेको बताए । उनले निर्णयको सफल कार्यान्वयन गर्दै अगाडि बढ्न सके सेवाप्रवाहमा प्रभावकारिता बढ्ने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.