गोरीकला हत्याकाण्डः ट्राफिक जवानसहित तीनजना जेल चलान

गोरीकला हत्याकाण्डः ट्राफिक जवानसहित तीनजना जेल चलान

सुर्खेतः पञ्चपुरी नगरपालिका–३ चौरकी गोरीकला रोकायको हत्या अभियोगमा पक्राउ परेका तीनजनालाई जेल चलान गरिएको छ । जिल्ला अदालत सुर्खेतले मंगलबार दिएको आदेशअनुसार अभियुक्त तीनै जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतले आइतबार थप प्रमाणहरु अदालतमा पेश गरेसँगै मुद्दामाथि मंगलबार प्रारम्भिक सुनुवाइ भएको थियो । थुनछेक आदेशका लागि भएको सुनुवाइका क्रममा अदालतले उनीहरुमाथि थुनी कारवाही गर्न आदेश दिएको जिल्ला अदालत सुर्खेतका श्रेष्तेदार वीरेन्द्रबहादुर मल्लले जानकारी दिए । 

जेल चलान गरिएकाहरु दैलेख स्थानीय घर भई अस्थायी ट्राफिक पोष्ट बाबियाचौरमा कार्यरत ट्राफिक प्रहरी जवान हरि कोइराला, पञ्चपुरी–८ माँझीगाउँका लक्ष्मीप्रसाद बास्तोला र खुमप्रसाद बास्तोला रहेका छन् । 

मल्लका अनुसार उनीहरुलाई मंगलबार नै जिल्ला कारागार सुर्खेतमा राखिएको छ । अदालतमा लक्ष्मी र खुमप्रसादको तर्फबाट अधिवक्ता धर्मानन्द नाथ र कोइरालाको तर्फबाट अधिवक्ता भुषण मानन्धरले बहस गरेका थिए । गोरीकलाको तर्फबाट सरकारी वकिल रत्नप्रकाश गिरीले बहस गरेको श्रेष्तेदार मल्लले जानकारी दिए । 

गोरीकला हत्या अभियोगमा पक्राउ परेका तीन जनामाथि जवरजस्ती करणी र कतव्र्य ज्यान मुद्दा चलाइएको जिल्ला प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले बताए । एसईई परीक्षा दिने क्रममा पञ्चपुरी–५ बाबियाचौंरस्थित डेरामा बस्दै आएकी गोरीकला गत चैत १३ गते मृत भेटिएकी थिइन् । आफन्तले बलात्कारपछि हत्या गरिएको भन्दै मुद्दा दायर गरेका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.