युगन्डामा मृत्यु भएका बुढाथोकीका परिवारलाई २३ लाख

युगन्डामा मृत्यु भएका बुढाथोकीका परिवारलाई २३ लाख

कम्पाला, युगान्डा: गत वर्ष युगान्डामा मृत्यु भएका भोजपुरको षडानन्द नगरपालिका, केउरेनीपानीस्थित साल्माका नेपाली युवा पोस्टबहादुर बुढाथोकीका परिवारलाई एनआरएनए युगान्डाको पहलमा उनी कार्यरत कम्पनी कामुली सुगर लिमिटेडबाट राहत र बिमा बापत नेपाली २३ लाख रुपैयाँ नेपाल पठाइएको छ ।    

एनआरएनए युगान्डाका अध्यक्ष राजमणि भन्डारीका अनुसार बुढाथोकीकी आमा इन्द्रमाया बुढाथोकीको खातामा ५४५० अमेरिकन डलर र छोरी अन्जली बुढाथोकीको नाममा १६९५० अमेरिकन डलर बैंकबाट पठाइएको हो ।

संघका पुर्ब अध्यक्ष रमेश कँडेलका अनुसार छोरी नाबालिक हुन्जेल मुद्दती खातामा उनको रकम रहने ब्यबस्था गरिएको छ । त्यसको ब्याजबाट प्राप्त हुने रकम उनको शिक्षा र पालनपोषणका लागि आमालाई खर्च गर्न दिइने ब्यवस्था गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.