एसिडसँगै जल्यो धनी हुने सपना, कतारबाट खाली हात फर्किँदै

एसिडसँगै जल्यो धनी हुने सपना, कतारबाट खाली हात फर्किँदै

कतार: बैदेशिक रोजगारीको सिलसिलामा केही दिनअघि कतार आएका तीनजना नेपाली कामदारलाई नेपाल पत्रकार महासंघको अगुवाई उद्दार गरिएको छ।

अर्घाखाँचीको भूमिकास्थान-७ का तिलबहादुर रायमाझी, नवलपरासीको सुनवल-१ का भीम चौधरी र रौतहटका सन्तोष पण्डितलाई घर फर्काउन लागिएको हो । काठमाडौंस्थित रोयल इन्टरनेसनल ओभरसिज प्रालि मेनपावरबाट ६ अप्रिलमा उनीहरु कतार आएका थिए । 

आफुले माग गरे अनुसारको कामदार नपठाएको भन्दै रोजगारदाताले सामान्य सुविधा समेत नदिँदा उनीहरु विचल्लीमा परेका थिए। 

कम्पनीले गाडीको मर्मत सम्हार तथा पेन्टर भनेर म्यानपावर कम्पनीलाई भिसा दिएको थियो । तर तीनैजना कामदारलाई उक्त काम गर्न नआएको भन्दै रोजगारदाताले यातना दिएर खाने बस्ने सुविधा नदिँदा बिचल्लीमा परेका थिए । 

युएईमा कार्यरत रहँदा चिनजानका साथीलाई पीडितमध्येका तिल बहादुरले सम्पर्क गरेपछि दुबईमा काम गर्ने नेपालीमार्फत कतारमा कार्यरत अर्घाखाँची सेवा समाज कतारका द्वितीय उपाध्यक्ष रामप्रसाद पराजुली र अर्घाखाँची सेवा समाजका महासचिव समेत रहेका पत्रकार टेकराज थापाले पीडितहरुलाई खाद्यान्न र नगद सहयोग गरेका थिए । 

पत्रकार थापाले पीडितहरुबारेमा नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाँलाई जानकारी दिएलगत्तै अध्यक्ष एजेन्टलाई सम्पर्कमा ल्याई पीडितहरुलाई यथाशक्य उद्दार गर्न ताकेता गरेर दुताबासलाई जानकारी गराएका थिए ।

काम गर्ने सिलसिलामा शरीरमा ‘एसिड’ पोखिँदा पीडित तिल बहादुरको आधापाटो शरीर र हात गम्भीर रुपले जलेको छ । ‘भाग्यवश बाँच्न त सफल भएँ, तर कम्पनीले उपचारमा कुनै चासो देखाएन’, उनले दुतावासका श्रम सहचारीलाई आफ्नो जलेको शरीर देखाउँदै भने । मुदिरले खान नदिई शारीरिक यातना दिएर काममा लगाउने गरेको अर्का पीडित चौधरीले बताए ।

पत्रकार मियाँको विशेष पहलमा पीडितलाई नेपालस्थित म्यानपावर द्वारा टिकट उपलब्ध गराई नेपाल पठाउन लागिएको हो । गत बुधबार पीडितहरु र म्यानपावरका कतार एजेन्टलाई दूतावासमार्फत पीडितहरुलाई स्वदेश फर्काउने प्रक्रिया अघि बढेको हो ।

७० हजारदेखि एक लाख २५ हजारसम्म खर्चेर आएका पीडितहरुको समस्या र लागतबारे दुताबासले नेपालस्थित सम्वन्धित विभागलाई जानकारी गराएको छ । 

तीन पीडितमध्येका दुईजना रायमाझी र चौधरी शुक्रबार राति ९ बजेको वातनिया एरलाइन्सबाट नेपाल फर्कँदै छन भने अर्का पीडित सन्तोष पण्डितको फिर्ती प्रक्रिया अघि बढेको छ ।

'श्रमिकलाई पर्लोभनन देखाएर चर्को शुल्क लिई अलपत्र बनाएर ठग्नेहरुलाई छाड्दैनौँ', पत्रकार मियाँले भने, 'यो एकखालको खबरदारी पनि हो । अन्यायविरुद्ध यहाँ कार्यरत सबै पत्रकारहरु आवाज उठाइरहन्छौँ ।'

पत्रकार टेकराज थापाको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.