मदिरा पिएर स्कुल आउने शिक्षकको जागिर गयो

मदिरा पिएर स्कुल आउने शिक्षकको जागिर गयो

जाजरकोटः यहाँको एक विद्यालयमा मदिरा सेवन गरी आउने शिक्षकको जागिर चट भएको छ ।  कुशे–५ खुर्पास्थित लक्ष्मीप्राप्ती माध्यमिक विद्यालयमा कार्यरत शिक्षक हेमराज शाहीलाई विद्यालयले अवकास दिएको हो ।

मावि तह राहत दरबन्दीको अंग्रेजी विषयमा कार्यरत शाहीले विद्यालय समयमा पटक पटक मदिरा पिएर पठनपाठनमा बाधा पु¥याएकाले कारबाही गरिएको विद्यालयका प्रधानाध्यापक दिनेश कुमार सिंहले बताए । 

बारम्वार चेतावनी दिँदा पनि अटेर गरेपछि अभिभावक भेलाले उनलाई अवकास दिएको थियो । अभिभावक भेलाको निर्णयको आधार र पटक पटक मदिरा नपिउन दिएको निर्देशन पालन नगरेको भन्दै विद्यालय व्यवस्थापन समितिले शिक्षक पदमा अयोग्य ठहर गर्दै अवकास दिने निर्णय गरेको प्रधानाध्यापक सिंहले बताए ।

उनको अवकासपछि नयाँ शिक्षक पदपूर्तिका लागि अनुमति माग गरिएको छ । उनले मदिरा पिएरै पढाउने गरेको विद्यार्थीले बताएका छन् । रक्सी पिएको बेला कक्षा कोठामा जाने गरेका ती शिक्षक ठस्ठसी गन्हाउने गरेको गुनासो विद्यार्थीले प्रधानाध्यापक र अभिभावकसँग गरेका थिए ।

सवै विद्यालय ब्यवस्थापन समिति विघटन

छेडागाड नगरपालिकाले मातहतका सवै विद्यालयका ब्यवस्थापन समिति विघटन गरेको छ । नगरपालिकाले हालै निर्माण गरेको नगर शिक्षा ऐन २०७४ अनुसार विद्यालय ब्यवस्थापन समिति विगठन गरिएको हो । नयाँ ब्यवस्थापन समितिको निर्वाचन आउदो बैशाख २० गते हुने गरि पत्रचार गरिएको स्रोत ब्यक्ति मनिराम पोखरेलले बताए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.