डोल्पामा पाठेघरको नि:शुल्क शल्यक्रिया

डोल्पामा पाठेघरको नि:शुल्क शल्यक्रिया

डोल्पा : जिल्ला अस्पताल डोल्पामा पाठेघरको नि:शुल्क शल्यक्रिया गरिने भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाल सरकारको संयुक्त आयोजनामा प्रतिष्ठानले डोल्पामा पहिलो पटक महिलाको पाठेघरको शल्यक्रिया हुन लागेको जिल्ला अस्पताल डोल्पाले जानकारी दिएको छ। 

बेहोस बनाउने विशेषज्ञ, बालरोग विशेषज्ञ, महिला तथा स्त्रीरोग विशेषज्ञ र सामान्य चिकित्सकसहित ४ जना विशेषज्ञ र अन्य चिकित्सकसहित ७ जनाको विशेष टोलीले पहिलो पटक डोल्पामा निशुल्क शल्यक्रिया गर्न लागेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान डोल्पाका मेडिकल सर्जन डाक्टर अनुप मंल समालले जानकारी दिए।

उनका अनुसरा दुर्गम डोल्पामा प्रतिष्ठानले पाठेघरको शल्यक्रिया गर्ने उद्धेश्यले नि–शुल्क शिविरको आयोजना गरिएको बताए। वैशाख १४ गतेबाट हुने नि–शुल्क शिविरमा जिल्लाका १० जना महिलाको शल्यक्रिया गरिने चिकित्सक समालले जानकारी दिए। उनले भने,' ७ जना सम्पर्कमा आइसकेको र अन्य पनि आउनेक्रम जारी छ।

तीन महिना पहिलेदेखि नै जिल्लाका सबै स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीलाई पाठेघरको शल्यक्रिया बारे तालिम दिएर स्वास्थ्य चौकीमा पठाएकाले जिल्लाभर प्रचारप्रसार राम्रोसँग पुगेको अधिकारी तारा बोहराले बताइन्। 

उनका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले डोल्पामा गर्न लागेको यो शिविरको फाइदा पाठेघरको समस्या भएका महिलाले लिन सक्ने जानकारी दिइन्। 

शिविर अवधिभर महिलाको पाठेघरको चेकजाँच र शल्यक्रियामात्र नभएर अरु पाठेघरसम्बन्धी समस्या  भएकालाई पनि उपचार दिइने डक्टर अनुप समालले जानकारी दिए। उनले भने,' शल्यक्रिया गर्ने महिलाले मात्र नभएर सेतो पानी बग्ने,गन्हाउने पानी बग्नेलगायतका अन्य थुप्रै समस्या भएका महिलाले पनि नि–शुल्क स्वास्थ्य शिविरको फाइदा लिन सक्नेछन्। 

लाखौ रुपैयाँ खर्च गरेर सहरका महंगा अस्पतालमा उपचार गर्न संभव नभएपछि जिल्लामै नि–शुल्क शल्यक्रिया हुनेबारे जानकारी पाएपछि घरको सबै काम थाति राखेर जिल्ला अस्पताल आइपुगेको काईके गाउँपालिका ५ कि ४७ वर्षीया छिरिङक्यामु रोकायाले बताइन्। उनले भनिन,' ८ वटा सन्तान जन्माए, ३ को मृत्यु भयो, पाँचजना सँगै छन्।' उनी पहिलो बच्चा जन्मिने वित्तिकै पाठेघरको समस्याबाट पीडित हुँदै आएकी थिइन्।

जिल्ला अस्पतालमा पहिलो पटक नि–शुल्क पाठेघरको शल्यक्रिया हुने भए पछि गाउँगाउँबाट पाठेघरका समस्या भएका महिला र अन्य चेकजाँच गराउने महिला जिल्ला अस्पताल पुगेका छन्। हिमाली जिल्लाका महिलालाई कामको अत्याधिक भारले पाठेघरको समस्या आउने गरेकोले डोल्पाका ३० प्रतिशतभन्दा बढी महिला पाठेघरको समस्याबाट पीडित छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.