परिवर्तनको आन्दोलनमा शिक्षकको महत्वपूर्ण भूमिका : अध्यक्ष प्रचण्ड

परिवर्तनको आन्दोलनमा शिक्षकको महत्वपूर्ण भूमिका : अध्यक्ष प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालको परिवर्तनमा शिक्षकको भूमिका महत्वपूर्ण र निर्णायक भएको बताए छन्।शुक्रबार बिहान विश्व शिक्षक संगठनका अध्यक्ष मफुजा खानमसहितको टोलीलाई भेट गर्दै उनले यस्तो बताएका हुन्।

अध्यक्ष प्रचण्डले निरंकुश व्यवस्थाविरुद्धका विभिन्न आन्दोलन र १० वर्षे जनयुद्धमा पनि नेपाली शिक्षकको ठूलो त्याग र बलिदान भएको बताए।नेपाल अब राजनीतिक परिवर्तनबाट आर्थिक परिवर्तनको बाटोतर्फ लम्किएको उनको भनाई थियो।

विश्व शिक्षक संगठनले आगामी सेप्टेम्बर महिनामा नेपालमा १९ औं विश्व सम्मेलन गर्ने भएको छ। सम्मेलनको तयारी बैठकको सिलसिलामा नेपालमा भेला भएका विश्व शिक्षक संगठनका प्रतिनिधिले अध्यक्षलाई भेट गरेका हुन्।

अध्यक्ष प्रचण्डले विश्व शिक्षक संगठनको सम्मेलन नेपालमा गर्ने कुराले आफूलाई अत्यन्त खुसी लागेको बताए।आफू शिक्षक पृष्ठभूमिबाट आएको उल्लेख गर्दै अध्यक्षले भने, 'हाम्रो पार्टीका अधिकांश नेताहरु पनि शिक्षक पृष्ठभूमिबाटै आउनुभएको छ।'

विश्व शिक्षक संगठनकी अध्यक्ष मफुजा खानमले नेपालमा शिक्षकको संघर्ष दुनियाँका लागि गौरवको विषय भएको बताइन्।साम्राज्यवाद विरोधी शिक्षकको उक्त संगठनका ६ जना प्रतिनिधि भेटघाटमा सहभागी थिए। 

जसमा १ जना नेपालका, ३ जना भारतका र २ जना बंगलादेशका प्रतिनिधि रहेका थिए। भेटमा एकीकृत अखिल नेपाल शिक्षक संगठनका शिक्षकको पनि प्रतिनिधित्व थियो।एकीकृत अखिल नेपाल शिक्षक संगठन विश्व शिक्षक संगठनमा आवद्ध शिक्षक संगठन हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.