छाना उडाएपछि उपचार  प्रभावित

छाना उडाएपछि उपचार  प्रभावित

जाजरकोट : जाजरकोटको जुनिचाँदे गाउँपालिका वडा नं ११ कोर्ताङस्थित स्वास्थ्यचौकीको उपचार सेवा प्रभावित भएको छ । बिहीबार राति आएको हावाहुरीले भवनको छाना उडाएपछि स्वास्थ्य सेवा प्रभावित हुनुका साथै प्रसूति सेवा बन्द भएको छ ।

हावाहुरीले प्रसूति भवनको छाना उडाइदिएपछि सुत्केरीलाई खुला आकाश मुनि चौरमा राखेर प्रसूति गराउन बाध्य हुनुपरेको कोर्ताङ स्वास्थ्यचौकीका इन्चार्ज अशोक यादवले जानकारी दिए । उनले भने, ‘अन्य बिरामीलाई खुला आकाशमुनि राखेर उपचार गर्न खासै समस्या नभए पनि सुत्केरी गराउन भने निकै समस्या परेको छ ।’ छाना मर्मतका लागि पहल गरिदिन गाउँपालिकालगायत सम्बन्धित निकायमा आग्रह गरिएको यादवले बताए ।

 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.