जिल्ला अस्पताललाई एक गाडी औषधि

जिल्ला अस्पताललाई एक गाडी औषधि

फलो अप

 जाजरकोट : भेरी नगरपालिकाले जाजरकोट जिल्ला अस्पताललाई एक गाडी औषधि हस्तान्तरण गरेको छ। अत्यावश्यक औषधि अभाव टार्न नगरप्रमुख चन्द्रप्रकाश घर्तीको पहलमा ल्याइएका ४० प्रकारका औषधि अस्पताललाई हस्तान्तरण गरिएको हो।

स्वास्थ्य सेवा विभागअन्तर्गत आपूर्ति महाशाखाबाट ल्याइएका ती औषधि अस्पतालका निमित्त प्रमुख डा.केशरजंग कार्कीलाई नगरप्रमुख घर्तीले हस्तान्तरण गरेका हुन्।

जिल्ला अस्पतालबाट ७२ प्रकारका औषधि निःशुल्क वितरण गरिने सरकारी नीति भए पनि लामो समयदेखि औषधि नहुँदा बिरामीले औषधि पाएका थिएनन्।

‘जिल्ला अस्पतालमै छैन सिटामोल’ शीर्षक समाचार अन्नपूर्णमा प्रकाशन भएपछि निःशुल्क औषधिका लागि पहल गरिएको नगरप्रमुख घर्तीले जानकारी दिए। नगरबाट उपलब्ध गराइएको औषधिले अस्पतालमा केही दिनलाई औषधि अभाव हट्ने डा.कार्कीले बताए। थप एक गाडी औषधि आउन बाँकी रहेको उनले सुनाए।

५० शड्ढयाको जिल्ला अस्पतालको जिम्मा स्थानीय तहले नलिँदा समस्या आएको हो। सरकारले निःशुल्क भनिएका औषधि नपठाउने र स्थानीय तहले पनि आफ्नो क्षेत्राधिकार नभएको भन्दै बजेट नछुट्याउँदा जिल्ला अस्पतालमा औषधि अभाव भएको हो।

जिल्ला अस्पताल प्रदेश सरकार वा स्थानीय सरकार कसको मातहतमा रहने भन्नेमा अन्योल छ। यही अन्योलका कारण जिल्ला अस्पताललगायत स्वास्थ्य संस्थामा औषधि अभाव छ।

‘आफ्नो क्षेत्राधिकारभित्र नपरे पनि स्थानीय सरकारको क्षमताले भ्याएसम्म औषधि आपूर्तिमा सहयोग गर्छाैं’, नगरप्रमख घर्तीले भने, ‘अभाव टार्न अन्य स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण गर्छु।’

उता, सरकारले औषधि खरिदका लागि जिल्ला स्वास्थ्य कार्यालयमार्फत २० लाख रुपैयाँ पठाए पनि अहिलेसम्म खरिदका लागि पहल हुन सकेको छैन। गाउँमा औषधि अभाव कायमै छ।

जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले भने, ‘टेन्डर गर्दा ढिलाइ हुने भएकाले सीधै औषधि खरिदका लागि विभागमा अनुमति मागेका छौं। स्वीकृति हुनेबित्तिकै औषधि आपूर्ति गर्छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.