माथिल्लो डोल्पाको धो बस्तीमा बल्ल पुग्यो मोबाइल फोन

माथिल्लो डोल्पाको धो बस्तीमा बल्ल पुग्यो मोबाइल फोन

दुनै (डोल्पा): हिमाली जिल्ला डोल्पाका भोटबासीसले पहिलो पटक नेपाल टेलिकमको नमस्ते मोबाइल फोनको सेवा प्रयोग गर्न पाएका छन् । माथिल्लो क्षेत्रमा माथिल्लो डोल्पामा पर्ने धो बस्तीमा पहिलो पटक नेपाल टेलिकमको सेवा पुगेको हो । 

साबिकको धो गाविस अर्थात ‘डोल्पा बुद्ध गाँउपालिका’ मा पर्ने माथिल्लो डोल्पाको स्थानीय तहमा नेपाल टेलिकमको नमस्ते मोबाइल फोन सेवा सुरु भएपछि धोबासीहरुलाई सजिलो भएको छ । 

सदियौँदेखि सञ्चारविहीन रहेको धो बस्ती मोबाइल नेट्वर्कमा माथिल्लो डोल्पामा खुशी छाएको धोका छिरीङ क्यालबो गुरुङले बताए । विश्वकै अग्लो उपत्यकाकारुपमा धोलाई मानिन्छ । तर हालसम्म सञ्चारका कुनै पनि सेवाले जोड्न नसकिएको गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङले बताए ।

धोमा राखिएको मोवाइल टावरबाट एक पटकमा १४ जनाले मात्र कुरा गर्न सकिने टावर जडानका लागि  डोल्पा पुगेका प्राविधिक खेमराज सिंह बोहोराले जानाकारी दिए । उनले भने, ‘पहिलो पटक माथिल्लो भोटमा परीक्षणका लागि ५ वटा मात्र च्यालन भएको रसियन (टाइम स्लोट) उपकरण जडान गरिएको छ, यो प्रविधि अत्यन्तै महंगो पर्दछ ।’

धो मा नेपाल टेलिकमले माइक्रो विटिएस नमस्ते टावर बिस्तार गरेपछि वर्षौँदेखिको स्थानीयबासीको सपना साकार  भएको दुर सञ्ञ्चार कार्यालय डोल्पाले जनाएको छ । 

उक्त टावरले धो, ताक्सी लगायत बस्तीको कुनाकुनामा फोनले काम नगरे पनि केही राहत मिलेको डोल्पो बुद्ध गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङले बताए । 

जिल्लाकै विकट माथिल्लो डोल्पाका साल्दाङ, भिजेर, फोक्सुन्डो, छार्का लगायतका दर्जनौँ बस्तीहरु अझै पनि सञ्चारविहीन छन् । गाउँगाउँमा सिंहदरबार भनिए पनि माथिल्लो डोल्पाका जनताले सामान्य सेवा समेत पाएका छैनन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.