‘मातृभाषीकै सिकाइ राम्रो'

‘मातृभाषीकै सिकाइ राम्रो'

काठमाडौं : अंग्रेजी भाषामा राम्रोसँग बोल्न र लेख्न सिकाउने शिक्षा मात्र गुणस्तरीय शिक्षा हो भन्ने आमअभिभावकको बुझाइ रहे पनि विभिन्न अध्ययनले भने यसलाई अस्वीकार गरिदिएको छ। अध्ययनअनुसार घरमा बोलिने भाषामा पढेका बालबालिकाको पढाइको उपलब्धि अन्य भाषामा पढ्नेको भन्दा उच्च हुने गर्छ। शिक्षा मन्त्रालयअन्तर्गत शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ) ले विभिन्न समयमा गरेको अध्ययनले यसलाई पुष्टि गरेको छ। ईआरओले दुई वर्षअघि गरेको अध्ययनमा नेपाली मातृभाषा भएका बालबालिकाको औसत सिकाइ उपलब्धि अन्य मातृभाषा भएका बालबालिकाको भन्दा उच्च देखिएको छ।

नेपाली विषयमा कक्षा ३ र ५ मा नेपाली मातृभाषी बालबालिकाको सिकाइ उपलब्धि अन्यको भन्दा क्रमशः ९ र ७ प्रतिशतले उच्च रहेको सो प्रतिवेदनले देखाएको छ। त्यस्तै, गणितमा नेपाली मातृभाषीको सिकाइ उपलब्धि स्तर अन्य भाषाको तुलनामा कक्षा तीनमा ३ र कक्षा पाँचमा ४ प्रतिशतले उच्च छ।

कक्षा पाँचको अंग्रेजी विषयमा पनि नेपाली मातृभाषा भएका बालबालिकाको औसत सिकाइ उपलब्धि अन्यभन्दा १० प्रतिशतले उच्च छ। सरकारी तथ्यांकअनुसार अहिले मुलुकमा एक सय २३ वटा भाषा बोल्ने समुदायको बसोबास छ। ईआरओले नै ०६९ सालमा गरेको कक्षा तीन र पाँचकै विद्यार्थीको सिकाइ उपलब्धि उकास्नमा पनि मातृभाषा र घरमा बोलिने भाषाले मुख्य भूमिका खेलेको देखिएको थियो।

यस अध्ययनअनुसार सामुदायिक विद्यालयमा अन्य मातृभाषा बोल्नेभन्दा कक्षा तीनको नेपाली विषयमा मगर, लिम्बू, नेपाली, तामाङ र कक्षा पाँचको नेपालीमा मगर, तामाङ, उर्दु, शेर्पा, राई र नेपाली मातृभाषा भएका विद्यार्थीको उपलब्धि स्तर तुलनात्मक रूपमा राम्रो देखिएको थियो। अहिले धेरैजसो अभिभावकका लागि आफ्ना नानीबाबु विद्यालय भर्ना गर्नुअघि सम्बन्धित विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ हुन्छ कि हुँदैन भन्ने विषयमा मुख्य चासो रहने गरेको छ। अंग्रेजीकै कारण निजी तथा संस्थागत विद्यालयमा विद्यार्थी आकर्षण रहेको विश्लेषण गरेर सामुदायिक विद्यालयले पनि विद्यार्थीसँग थप शुल्क लिएरै भए पनि अंग्रेजी माध्यमको पठनपाठनलाई अनिवार्य बनाएका छन्।

‘भाषा भनेको सञ्चारको माध्यम मात्र हो। विदेशतिर पनि मातृभाषामा वा घरमा बोलिने भाषामा दक्ष बालबालिकालाई आवश्यक पर्‍यो भने मात्र अन्य भाषा सिकाइन्छ।'

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले भर्खरै सार्वजनिक गरेको ‘ग्लोबल एजुकेसन मनिटरिङ रिपोर्ट २०१८' मा पनि मातृभाषामा पढेका विद्यार्थीको सिकाइ उपलब्धि राम्रो रहेको उल्लेख छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययनले अंग्रेजी राम्रोसँग जान्ने हुँदैमा समग्र पढाइ राम्रो नहुने उल्लेख गरे पनि अंग्रेजी माध्यमलाई मात्र गुणस्तरीय शिक्षाको मानक बनाइनु गलत भएको शिक्षाविद् डा. विद्यानाथ कोइरालाले बताए।

नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव लक्ष्मण शर्माले पनि अंग्रेजी बोल्न सक्ने बालबालिकाले मात्र स्तरीय शिक्षा पाएको भन्ने बुझाइ भ्रमपूर्ण रहेको दाबी गरे। ‘भाषा भनेको सञ्चारको माध्यम मात्र हो। विदेशतिर पनि मातृभाषामा वा घरमा बोलिने भाषामा दक्ष बालबालिकालाई आवश्यक पर्‍यो भने मात्र अन्य भाषा सिकाइन्छ। तर, हामीकहाँ भने बालबालिकालाई मुन्ट्याएर भए पनि अंग्रेजी बोल्न सिकाइन्छ,' शर्माले भने, ‘अहिले अंग्रेजी माध्यममा नपढाएका कारण र विद्यार्थीले अंग्रेजीमा धाराप्रवाह बोल्न नजानेकै कारण सामुदायिक विद्यालयलाई हेला गर्ने प्रवृत्ति बढेको छ। यो भ्रम हो।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.