असिनापानीले लाखौको बाली नष्ट

असिनापानीले लाखौको बाली नष्ट

जाजरकोट : हावाहुरीसहित परेको असिनापानीले जिल्लाको बारेकोट गाउँपालिकामा लाखौंको बाली नष्ट गरेको छ। सोमबार बेलुका परेको असिनापानीले पाक्नै लागेको गहुँ,जौ,तरकारी र फलफूल खेती नष्ट गरिदिएको हो।असिनाले लाखौको क्षति गरिदिएपछि किसान चिन्तित भएका छन्।

अन्नबालीका साथै फलफूल र तरकारी खेतीमा क्षति पुर्‍याएको बारेकोट गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका- ९ वटै वडामा परेको असिनापानीले पुर्‍याएको क्षतिको पूर्ण विवरण नआए पनि हिउँदे बालीको रुपमा लगाएको गहुँ र जौ बाली पूर्ण नष्ट भएको बारकोट- ५ का किसान पृथीबहादुर नेपालीले बताए।

भित्र्याउनै लागेको अवस्थामा रहेको गहुँ र जौ बालीलाई असिनाले झारिदियो। यति धेरै क्षति हुने गरी असिना परेको अहिलेसम्म नदेखेको बताउँदै ४० वर्षीय नेपालीले भने,'असिनाले नष्ट गरेको बाली देख्दा मन रुन्छ। वर्षदिनसम्म खाने अन्न भित्र्याउने बेला सखाप पारिदियो।अब कसरी छाक टार्ने।' उनीजस्तै बारेकोटका हजारौ किसान चिन्तामा परेका छन्।

गहुँ असिनाले झारिदिएपछि बारीमा नल ( डाँठ ) मात्र देखिन्छ। बाली सप्रेको बेला समेत खाद्यन्न अभाव हुने बारेकोटमा यसपालि परेको असिनापानीले ठूलो क्षति पुर्‍याएको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए।असिनाले क्षति पुर्‍याएको छ। क्षतिको विवरण संकलन गर्ने कार्य भैरहेको छ।

के कति क्षति भयो अझै एकिन नभएपनि सयौ हेक्टरमा लगाइएको जौ,गहुँबालीका साथै तरकारी र फलफूल खेतीमा लाखौको नोक्सान भएको प्रारम्भिक जानकारी आएको छ, अध्यक्ष शाहले भने, 'किसान निकै मर्कामा परेकोले स्थानीय सरकारले गर्ने सहयोगमा कमी हुने छैन। गाउँपालिकाले मात्र क्षतिको परिपूर्ति गर्न नसक्ने भएकाले प्रदेश र संघीय सरकारको पनि ध्यान जानुपर्छ।'



 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.