शे-फोक्सुन्डो निकुञ्जमा हिउँ चितुवाको गणना सुरु

शे-फोक्सुन्डो निकुञ्जमा हिउँ चितुवाको गणना सुरु

दुनै,डोल्पा : डोल्पाको शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा हिउँ चितुवाको गणना सुरु गरिएको छ। नेपालकै ठूलो निकुञ्ज शे–फोक्सुन्डो वन क्षेत्रमा विश्वमै लोपोन्मुख वन्यजन्तु हिउँ चितुवाको गणना सुरु गरिएको हो।

विश्व वन्यजन्तु कोषको आर्थिक सहयोगमा शे–फोक्सुन्डो राष्ट्रिय निुकञ्जले गणना सुरु गरेको छ। विश्व वन्यजन्तु कोष,शे-फोक्सुन्डो निकुञ्ज, हिउँ चितुवा संरक्षण समितिसहित ३३ जनाको अध्ययन टोली १३ वैशाखमा निकुञ्ज कार्यालय सुलिगाडबाट बनतर्फ हिंडिसकेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामदेव चौधरीले बताए।

चौधरीका अनुसार अध्ययन टोलीले एक महिना लगाएर हिउँ चितुवाको गणना गर्नेछ। क्यामेरा ट्रयाप र दोहोरो गणना विधिद्धारा गणना गरिनेछ, हिउँ चितुवासँगै आहारा प्रजातिको रुपमा रहेको निल भेडा (नावर) समेत गणना गरिने जानकारी दिए। 

अध्ययन टोलीले २२ वैशाखमा हिउँ चितुवा र नावर पाइन विभिन्न स्थानमा क्यामेरा राखेर अध्ययन सुरु गर्ने प्रमुख संरक्षण अधिकृत चौधरीले जानकारी दिए। एक महिना समय लगाएर गरिने गणनामा लोपोन्मुख वन्यजन्तु हिउँ चितुवाको संख्यात्मक वृद्धि वा घटेको बारेमा टोलीले अध्यायन प्रतिवेदन काठमाडौं फर्केपछि सार्वजनिक गरिने निकुञ्जको कार्यालयले जनकारी दिखएको छ।

शे-फोक्सुण्डो राष्ट्रिय निकुन्ज संरक्षण वन क्षेत्र धेरै हिउँ चितुवा पाइने स्थानमा पर्दछ।निकुञ्जको  वार्षिक प्रतिवेदनका अनुसार शे-फोक्सुण्डो वन क्षेत्रमा एक सय तीसको संख्यामा हिउँ चितुवा रहेको र यो संख्या नेपालका निकुन्जमध्ये सबैभन्दा बढी हो।

नेपालकै सबैभन्दा ठूलो राष्ट्रिय निकुन्जको शे-फोक्सुण्डो निकुन्जमा हिय चितुवा,कस्तुरी,मृगजस्ता अत्यन्तै दुर्लभ बन्यजन्तुलगायत ३२ प्रजातिका स्तनधारी,२ सयभन्दा बढी प्रजातीका चरा, २८ प्रजातिका पुतली, ६ प्रजातिका घस्रने जीव र विभिन्न ४ सय १७ प्रजातिका बनस्पतिको आश्रम स्थलको रुपमा समेत शे–फोक्सुण्डो परिचित छ। 

यसभन्दा पहिले डोल्पाकै सुरज उपाध्यायले गरेको अध्ययनअनुसार डोल्पामा सबैभन्दा धेरै घनत्वमा हिउँ चितुवा पाइने तथ्यांक सार्वजानिक गरेका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.