गुडिरहेको बस ताकेर बम प्रहार

गुडिरहेको बस ताकेर बम प्रहार

इटहरी : सुनसरीको इटहरीमा शनिबार गुडिरहेको बसलाई लक्ष्य गरी बम प्रहार भएको छ। बम सडकमा विस्फोट हुँदा बसभित्र रहेका केही बालबालिका र बसका कर्मचारीलाई छर्रा लागेको छ।

धरानबाट काँकडभिट्टा हिँडेको सूर्योदय यातायातको मे.१ख २७३४ नम्बरको बसलाई ताकेर इटहरीस्थित कोसी राजमार्गमा बम प्रहार भएको हो। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले बम प्रहार गरेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक राजन कार्कीले बम प्रहारमा संलग्नहरूको पहिचान भइसकेको बताए।

मोटरसाइकलमा आएका दुई जना बम विस्फोट गराएर फरार भएको संघीय प्रहरी इकाइ धरानका वरिष्ठ प्रहरी उपरीक्षक हरिबहादुर पालले जानकारी दिए। बम विस्फोट गराएर विप्लवका कार्यकर्ता फरार भएका कारण खोजी भइरहेको उनले बताए।

बम बसछेउ सडकमा खसेर विस्फोट भएको प्रत्यक्षदर्शीले बताएका छन्। विस्फोटबाट कालोपत्रे सडकमा क्षति पुगेको छ। बम प्रहार गरिएको ठाउँ सेनाको पूर्वी पृतना मुख्यालयबाट दुई सय मिटर दूरीमा पर्छ। धरान बस स्टेन्डनजिकै पर्ने क्षेत्रमा ट्राफिक प्रहरीसमेत खटिइरहेका हुन्छन्।

कागजको झोलामा राखेर बम प्रहार गरेको जनाइएको छ। बसका कर्मचारी भीम भण्डारीका अनुसार ठूलो आवाज आएपछि मात्र आफूहरूले बम प्रहार गरेको थाहा पाएको सुनाए। ‘अर्को बससँग कम्पिटिसन गर्दै आइरहेका थियौं’, उनले भने, ‘आवाज आएपछि बस रोकेर बुझ्दा यात्रु र स्टाफलाई छर्रा लागेको थाहा पायौं।’

छर्रा लागेका बालकको चोट हेर्दै अभिभावक। 

एक प्रत्यक्षदर्शीले भने मोटरसाइकलमा आएजस्तो देखिएको तर यकिन नभएको बताए। बसका कर्मचारीका अनुसार बम झ्यालबाट बसभित्र छिरेको भए यात्रुलाई लाग्थ्यो। ‘बम बसमा नलागी भुइँमा पड्कियो’, उनले भने।

बम प्रहारबाट धरानकी पुनम गौतमका छोरा ३ वर्षीय योजन गौतम र छोरी ८ वर्षीया हेलेनलाई छर्रा लागेको छ। बसका केही कर्मचारीलाई पनि छर्रा लागेको जनाइएको छ। घाइते भने कोही नभएकाले रेकर्ड नराखिएको प्रहरी निरीक्षक कार्कीले बताए। ‘अस्पतालमै भर्ना हुने गरी वा ठूलो चोट लाग्ने गरी कोही घाइते नभएकाले रेकर्ड राखिएन’, उनले भने।

विप्लव समूहले शनिबार बन्द आह्वान गरेको थियो। त्यस क्रममा पहाडी केही जिल्लामा बन्दको सामान्य प्रभाव परेको थियो भने बाँकी भागमा निर्वाध सवारी साधन गुडेका थिए। बन्द उल्लंघन गरिएको भन्दै बम प्रहार गरेको अनुमान छ।

गाडीमा आगजनी

इलाम : मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका वडा नम्बर ४ स्थित ड्राइभर चोकमा शनिबार एक समूहले गाडीमा आगजनी गरेको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको बन्दमा गाडी चलाएको भन्दै प्याज बोकेर पाँचथरको फिदिम जाँदै गरेको पिकअपमा आगजनी गरिएको हो।

को.१च ८७१५ नम्बरको पिकअप रोकेर उनीहरूले बिहान ३ बजे आगजनी गरेको प्रहरीले जनाएको छ। स्थानीय विष्णु दुलालका अनुसार पिकअप चालकलाई बाहिर निकालेर पाँच जनाको समूहले आगजनी गरेको हो। उक्त समूहले चालकको मोबाइल खोसेको जनाइएको छ। आगजनीबाट २ लाख रुपैयाँबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रमेश बस्नेतले जानकारी दिए। प्रहरीले आगजनीमा संलग्न दोषीको खोजी गरिरहेको छ।

बन्दका कारण शनिबार दिनभर सवारी साधन फाटफुट मात्र चलेका थिए। पत्रकार महासंघको प्रदेश निर्वाचनमा आउँदा पत्रकारले सास्ती भोग्नुपरेको माईजोगमाई गाउँपालिकाको नयाँ बजारबाट सदरमुकाम आएका पत्रकार देवी अधिकारीले बताए।

इलाम सदरमुकाम, फिक्कल, बरबोटेलगायत बजारमा पनि चहलपहल घटेको थियो। यातायात व्यवसायीको बन्दका कारण शुक्रबार पनि गाडी चलका थिएनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.