सुत्नुअघि घरमा फोन गरेका सञ्जय साउदीमै अस्ताए

सुत्नुअघि घरमा फोन गरेका सञ्जय साउदीमै अस्ताए

राजबिराजः वैदेशिक रोजगारका लागि सउदी अरबमा रहेका सप्तरीका एक युवकको मृत्यु भएको छ ।

खडग नगरपालिका–९ लालपटीका २४ वर्षीय सञ्जय साहको मंगलवार मृत्यु भएको परिवारका सदस्यले बताए । वैदेशिक रोजगारका लागि सउदी पुगेका सञ्जय अल्फानार कन्स्ट्रक्सन कम्पनीमा कम्प्युटर सम्वन्धी काम गर्दै आएका थिए । 

सोमबार काम सकेर राति कोठामा खाना खाएर सुतेका सञ्जयलाई मंगलबार बिहान उनका साथीहरुले उठाउन जाँदा मृत अवस्थामा फेला पारेको उनका दाजु उमेश साहले जानकारी दिए । उमेशका अनुसार सुत्नुअघि सञ्जयले घरमा फोन गरी सबैको खबर सोधेका थिए ।

मिडील ईस्ट म्यानपावर कम्पनी काठमाडौँबाट सञ्जय २०७३ साल असार ९ गते सउदी गएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.