बिजुली अभावले अस्पतालमा बाधा

बिजुली अभावले अस्पतालमा बाधा

स्याङ्जा : पुतलीबजार नगरपालिका–३ को स्याङ्जा जिल्ला अस्पतालमा आवश्यकताअनुसार विद्युतीय सेवा उपलब्ध हुन नसक्दा सेवा प्रभावित बन्दै गएको छ। एक त जिल्ला अस्पताल अर्कोतर्फ स्वास्थ्यजस्तो अति संवेशनशील संस्था। अस्पतालले सिंगल फेजको बिजुली लाइनले सेवा दिनुपर्दा अस्पतालमा भएका उपकरण पनि उपयोग गर्न नसकिएको अस्पतालका कर्मचारीले गुनासो गरेका छन्। हाई भोल्टेजमा गर्नुपर्ने एक्सरे र सल्यक्रियालगायत काम गर्न कठिन बनेको छ।

अस्पतालमा सुविधासम्पन्न मेसिन भएर पनि उपयुक्त विद्युतीय सेवा अभावमा सेवा दिन सकिएको छैन। प्राधिकरणसँग माग गरे पनि अझै उपलब्ध हुन नसकेको अस्पतालले जनाएको छ। ०७१ सालमा पनि तत्कालीन अस्पताल विकास समितिले विद्युत् प्राधिकरणसँग थ्री फेस लाइनको माग गरेको थियो। अहिले पनि पुनः सोही मागको निर्णय दोहो¥याएको अस्पताल विकास समितिका अध्यक्ष दीर्घनारायण शर्माले बताए।

विद्युतीय सेवा पनि नियमित छैन। क्षणभरमै आउने र क्षणभरमै जाने गर्छ। अस्पतालमा २४ सै घण्टा भिडियो एक्सरे, ईसीजी (प्रेसर, मुटु जाँच ), हात, खुट्टा र छातीको एक्सरे हुने गरे पनि धेरै बिजुली खपत हुने खालका एक्सरे र सल्यक्रियाजस्ता कामका लागि भने समस्या भएको छ।

सल्यक्रियामार्फत सुत्केरी गराउने सेवा पनि जिल्ला अस्पतालले पुनःसञ्चालनमा ल्याएको छ। ‘गर्भवती महिलाको सल्यक्रिया सुरु गर्ने भएपछि लाइन जाने डरले पहिल्यै जेनेरेटर ठिक्क पारेर शल्यक्रिया लागि तयार हुन्छौं’, प्रसूति रोग विशेषज्ञ डा. शंकर राउतले भने।

अस्पतालका लागि छुट्टै ट्रान्सफर्मर आवश्यक पर्ने विद्युत् प्राधिकरणका प्रमुख सुनील चापागाईंले बताए। प्राधिकरणले ट्रान्सफर्मर उपलब्ध गराउने क्षमता नभएको बताउँदै माथिल्लो निकायमा माग पेस गर्न सकिने जनाए। अस्पतालले पनि ट्रान्सफर्मर आफैंले खरिद गर्न नसक्ने जनाउँदै आएको छ।

पुनःसंरचनासँगै अस्पताल सञ्चालनको जिम्मेवारी पनि पुतलीबजार नगरपालिकामा सरेको छ। ‘अस्पतालका लागि आवश्यकअनुरूप विद्युत्तीय सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको र प्रक्रियाका लागि अघि बढेको नगरका कार्यवाहक प्रमुख महेश पुरीले जनाए।

प्रमुख पुरी अस्पताल विकास समितिका पूर्वअध्यक्षसमेत हुन्। ०५७ सालमा स्थापित जिल्ला अस्पताल १५ शड्ढयाको छ। ५० शड्ढया बनाउने प्रक्रियामा रहेको जिल्ला अस्पतालका लागि थप अन्य सुविधाका लागि पनि छुट्टै ट्रान्सफर्मरसहित उच्च क्षमताको बिजुली (हाई भोल्टेज विद्युत्) चाहिने प्रमुख पुरीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.