सिन्डिकेट लादेर विदेशिनेलार्इ ठग्ने ४८ स्वास्थ्य व्यवसायी पक्राउ

सिन्डिकेट लादेर विदेशिनेलार्इ ठग्ने ४८ स्वास्थ्य व्यवसायी पक्राउ

काठमाडौँ: स्वास्थ्य परीक्षण र प्रवेशाज्ञा प्रक्रियामार्फत सरकारले तोकेभन्दा धेरै रकम लिने स्वास्थ्य व्यवसायी र विभिन्न नामका संस्था खडा गरी कामदारमाथि आर्थिक भार पार्ने ४८ व्यवसायी पक्राउ परेका छन् । 

प्रहरीले मलेसिया जाने कामदारका लागि बायोमेट्रिक प्रणालीमार्फत तोकेभन्दा बढी शुल्क लिएर काममा पठाउँदै आएका ३५ स्वास्थ्य संस्थाका ४८ व्यक्तिहरूलाई पक्राउ गरेको हो । 

पक्राउपर्नेमा बायोमेट्रिक प्रणाली नेपालमा भित्र्याएर काममा जाने नेपालीसँग करोडौँ रुपैयाँ असुल गर्ने वान स्टप सेन्टरका सञ्चालक राम श्रेष्ठलगायत ४८ जना रहेका छन् । 

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख विश्वराज पोखरेलले गृह मन्त्रालयको आदेशानुसार उनीहरुलाई पक्राउ गरेको जानकारी दिए । 

पक्राउपर्नेमा कसमस मेडिकल सेन्टर गौशाला, एभरेष्ट हेल्थ होम सर्भिस प्रालि मध्यबानेश्वर, केआर मेडिकल सेन्टर वसुन्धरा, लालुपाते मेडिकल सेन्टर गौशाला, मन्जुश्री मेडिकल सेन्टर, भ्याली पोलिक्लिनिक गोँगबु, प्रशान्ति हेल्थ केयर सेन्टर जावलाखेल, सुब्बा प्याथोलोजी कुपण्डोल, सुधा पोलिक्निक र सनराइज पोलिक्लिनिक महाराजगञ्जका सञ्चालक छन् । 

यस्तै अनमोल मेडिकल सेन्टर सिनामंगल, स्वर्णीम मेडिकल सेन्टर सुन्धारा, वेलकेयर हस्पिटल रातोपुल, कुलेश्वर पोलिक्लिनिक कुलेश्वर, लालुपाते पोलिक्लिनिक पिंगलास्थानलगायत मेडिकल सेन्टरका सञ्चालक तथा कामदार रहेका छन् । प्रहरीले उनीहरुसँग भएका ल्यापटप र कागजातसमेत बरामद गरको काठमाडौँ परिसरका प्रमुख पोखरेलले बताए । रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.