नीति तथा कार्यक्रम ल्याउँदा जे देखियो (फोटो फिचर)
काठमाडौँः नेपाल कम्यनिष्ट पार्टी नेतृत्वको वाम सरकाले सोमबार आर्थिक वर्ष २०७५/७६ का लागि नीति तथा कार्यक्रम ल्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार अपरान्ह दुवै सदनको बैठकमा करिब एक घण्टासम्म सरकारको नीति तथा कार्यक्रम बाचन गरिन् ।
राष्ट्रपति नयाँ बानेश्वरस्थित संसद् भवनमा पुग्दा परिसरलाई झकिझकाउ बनाइएको थियो । राष्ट्रपतिको स्वागतदेखि बिदाइका लागि समेत दुवै सदनका सभामुख र अध्यक्ष जुटेका थिए ।
सरकारले नीति तथा कार्यक्रममार्फत आगामी ५ वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धि, बिजुलीमा निर्भर दैनिकी तथा प्रतिव्यक्ति आयमा दोब्बर वृद्धिको लक्ष्य लिएको छ ।
सरकारले नीति तथा कार्यक्रम ल्याउँदा संसद भवनमा देखिएका दृश्यलाई अन्नपूर्णकर्मी अशोक दुलाल र दीपेन श्रेष्ठले कैद गरेका छन ।











प्रतिक्रिया दिनुहोस !