गाई काट्दै गरेका तीन पक्राउ

गाई काट्दै गरेका तीन पक्राउ

स्याङ्जा : गाई काटेको आरोपमा चापाकोट नगरपालिका वडा नं. २ चिर्केथुङगा निवासीका तीनजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४३ वर्षीय लालबहादुर नेपाली, ५० वर्षीय मंगलबहादुर नेपाली र ३६ वर्षीय अनिलकुमार नेपाली रहेको सई नवराज केसीले जानकारी दिए।  

  
लालबहादुर नेपालीको गोठमा पालिराखेको गाई नेपालीसहित मंगलबहादुर नेपाली र अनिलकुमार नेपाली मिलेर केही पर लगेर काटिरहेको अवस्थामा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ। 

गाई काट्न सहभागी ३ जना र गाईको मासु सहित प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको वडा प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक चिनकपुर गुरुङ्ले बताए।गोठबाट झण्डै ७० मिटर परलगी काटिरहेको अवस्थामा स्थानीयबासीले दिएको खबरपछि पक्राउ गरिएको  प्रहरीले जनाएको छ। 

पक्राउ पर्नेहरु वडा प्रहरी कार्यालय वालिङ्को नियन्त्रणमा छन्। उनीहरुलाई मुलुकी ऐन २०२० को गौ बध महल अनुसार अदालतमा मुद्दा दर्ता गरिने प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए। मुलुकी ऐनको महल ७ को ११ नम्बर अनुसार गाई काट्नेलाई १२व वर्ष कैद र काट् भनेर बचन दिनेलाई ६ वर्ष कैद व्यवस्था छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.