कोरियामा दुर्इ दिनमै तीन नेपालीले ज्यान गुमाए

कोरियामा दुर्इ दिनमै तीन नेपालीले ज्यान गुमाए

दक्षिण कोरिया: दक्षिण कोरियामा पछिल्ला दुर्इ दिनमा तीन नेपालीको मृत्यु भएको छ । सोमबार बिहान लमजुङका होम गुरुङ मृत फेला परेको भोलिपल्ट अर्थात आज मंगलबार सोलुखुम्बुका एक र म्याग्दीका एकजनाको मृत्यु भएको राजधानी सोलस्थित नेपाली दूतावासले जनाएको छ ।

लमजुङको दुराडाँडा घर भएका करिब ४५ वर्षीय गुरुङ राजधानी सोलको तोङ्देमूनस्थित एक मोटेल (आवासको मात्र सुविधा हुने होटल) मा मृत फेला परेको कोरियन प्रहरीलाई उद्धृत गर्दै नेपाली दूतावासका श्रम कन्सुलर डिल्लीराम बास्तोलाले जानकारी दिए । 

आइतबार राति मोटेल लिएर एक्लै सुतेका मृतक गुरुङ सोमबार साँझसम्म काउण्टरमा नआएपछि प्रहरीको सहायतामा कोठा खोलिएको थियो । 

ढोका खोलेर हेर्दा गुरुङ मृत भेटिएका थिए । प्रहरीले मोटेलका राखिएका सिसिटिभी मार्फत आवश्यक जानकारी बुझेको थियो । गुरुङको शव अस्पतालमा लगेर पोष्टमार्टम गर्दा ह्दयघातका कारण निधन भएको रिपोर्ट आएको थियो । 

कोरियन प्रहरीले पनि अस्पतालको रिपोर्टका आधारमा गुरुङको शरिरमा कोलस्टोरल अत्याधिक भएकाले ह्दयघातले मृत्यु भएको बताएको थियो । मृतक गुरुङका श्रीमती र एक सन्तान रहेका बुझिएको छ । मृत्युबारे घरपरिवारलाई खबर गरिएको घटनास्थल पुगेका श्रम कन्सुलर बास्तोलाले जनाए । 

त्यसैगरी आज बिहान साढे बजे आन्सानस्थित एक कम्पनीमा कार्यरत म्याग्दीका थापा थरका एक नेपालीको मृत्यु भएको छ । औद्योगिक दुर्घटनामा परी थापाको मृत्यु भएको बताइएको छ । 

दुर्घटनामा परेका थापालाई अस्पताल लैजाँदै गर्दा मृत्यु भएको दुतावासले जनाएको छ । त्यसबारे थप बिवरण लिने काम भइरहेको पनि दूतावासले जनाएको छ । मंगलबारै एकजना नेपालीले आत्महत्या गरेको पनि दूतावासले बताएको छ । 

सोलुखुम्बुका राई थरका युवाले कम्पनीको छतबाट हाम फालेर आत्महत्या गरेको बताइएको छ। यसबारे पनि बुझ्ने प्रयास भइरहेको दूतावासले जनाएको छ । 

आर्कषक कमाई हुने दक्षिण कोरियामा इपीएसमार्फत रोजगारीका लागि आउने क्रम सुरु भएयता औद्योगिक दुर्घटना, सुतेको अवस्थामा निधन, आत्महत्या र सवारी दुर्घटना लगायत कारणले झण्डै एक सय पचास नेपालीको मृत्यु भइसकेको छ । 

नेपालीको ज्यान जाने क्रम बढेपछि नेपाल सरकारले सत्यतथ्य बुझ्न सरकारी चिकित्सकको टोली यहाँ पठाएको थियो । कोरियाका विभिन्न शहरमा भ्रमण तथा कम्पनीमा पुगेर स्थलगत अवलोकन गरेको टोलीले अझैसम्म रिपोर्ट सार्वजानिक गरेको छैन । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.