परराष्ट्रमन्त्रीको सम्पत्ति : बैंक खातामा तीन लाख, २५ सय पुस्तक

परराष्ट्रमन्त्रीको सम्पत्ति : बैंक खातामा तीन लाख, २५ सय पुस्तक

काठमाडौं : बुधबार केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भएको छ । मन्त्रीको सम्पत्ति विवरणमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने २५ सय पुस्तक आफ्नो सम्पत्तिको रुपमा रहेको उल्लेख गरेका छन् । अन्य सम्पत्तिको विवरण पेश गर्ने क्रममा ज्ञवालीले कम्युटर, ल्यापटप, मोबाइल, क्यामरा, स्क्यानर, प्रिन्टर, टिभीसँगै करिब २५ सय पुस्तक र घरायसी सामाना रहेको उल्लेख गरेका हुन् । 

घरको कोठा थप्ने प्रयोजनका लागि ज्ञवालीले १४ लाख ५८ हजार रुपैयाँ ऋण स्वदेश तथा विदेशका गरी ९ शुभचिन्तकबाट लिएका छन् । ज्ञवालीले सुन अनुमानित दुई तोला भएको उल्लेख गरेका छन् । 

उनले एभरेष्ट बैंक लिमिटेडको नयाँ बानेश्वर शाखामा बचत गरेको दुई लाख ५७ हजार दुई सय ८३ रुपैयाँ र कृषि विकास बैंकमा दुई हजार रहेको उल्लेख गरेका छन् । ज्ञवालीले यो सबै रकम पारिवारिक स्रोत, पुस्तकको रोयल्टी, स्तम्भ लेखनलगायतबाट आएको उल्लेख गरेका छन् । मन्त्री ज्ञवाली बस्दै आएको काठमाडौंको घर श्रीमती सरस्वती ज्ञवालीको नाममा छ । चार आना बढी जग्गामा बनेको यो घर उनले २०६४ मा बनाएका हुन्। 

                                गृहमन्त्रीको सम्पत्ति २० हजार र दुई कुकुर !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.