जीप दुर्घटना, एकको मृत्यु

जीप दुर्घटना, एकको मृत्यु

स्याङ्जा : पुतलीबजार नगरपालिका –२ दयाङ्दीमा बुधबार साँझ जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।  पुतलीबजारबाट बिरुवा गाँउपालिकातर्फ जादै गर्दा करिब ४ किलोमीटर पर पुगेको ग १ ज ६३९९ महेन्द्र जीप दुर्घटना हुदाँ ओरष्टेका ७२ वर्षीय शुद्रबहादुर रानाको मृत्यु भएको हो । 

चालकसहित ७ सवार उक्त जीप सडकदेखि करिब ५५ मिटर तल सुन्दर खोलामा खसेको प्रहरी निरीक्षक ईन्द्रप्रसाद चौधरीले जानकारी दिए । अन्य घाइतेहरुमा चालक ३६ वर्षीय  श्यामबहादुर राना, १८ वर्षीया अप्सरा राना ,  २४ वर्षीय बिष्णु थापा ,  १७ वर्षीया शनि थापा, २५ वर्षीय भिमबहादुर थापा , १७ वर्षीया सपना थापा छन ।

घाइतेमध्ये ३ जनालाई थप उपचारकालागि पोखरा लगिएको छ भने अन्य ३ जना जिल्ला अस्पताल स्याङ्जामा उपचाररत छन् । सिमेन्टसहित यात्रु बोकेर गएको जीप घुम्ति बाटो र ओरभलोडका कारण दुर्घटना भएको प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए ।  

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.