हरियाणाको मेदान्तामा राष्ट्रकवि घिमिरेको उपचार सुरु

हरियाणाको मेदान्तामा राष्ट्रकवि घिमिरेको उपचार सुरु

मेदान्ताका डाक्टरलाई प्रम ओलीको फोन

नयाँ दिल्ली: हरियाणा राज्यस्थित मेदान्ता अस्पतालमा राष्ट्रकवि माधव प्रसाद घिमिरेको उपचार सुरु भएको छ । वरिष्ठ चिकित्सक (ग्यास्ट्रोएन्टरोलाजीस्ट) रणधीर सुदको निगरानीमा ९९ वर्षीय घिमिरेको उपचार सुरु गरिएको हो । 

बुधबार राति ११ बजे अस्पताल पुर्‍याइएका घिमिरेलाई अस्पतालको एघारौँ तल्लाको ५१३२ नम्बरको ‘हाइकेयर युनिट’ मा राखेर उपचार सुरु गरिएको हो । घिमिरेलाई विमानस्थलबा सीधै अस्पताल पुर्‍याइएको थियो ।

घिमिरेको स्वास्थ्योपचारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले डा.सुदसँग फोन गरेर कुराकानी गरेको अस्पताल श्रोतले जनाएको छ । ‘बिरामीको उपचारबारेमा प्रधानमन्त्री ओलीले स्वयम् डा. सुदलाई फोन गर्नुभएको छ,’ अस्पताल श्रोतले भन्यो । 

प्रधानमन्त्री ओलीले राष्ट्रकविलाई उपचारका लागि बाहिर लैजाने सम्पूर्ण जिम्मा सरकारले लिने बताएका थिए । ओलीको तत्काल निर्देशन बमोजिम घिमिरेलाई थप उपचारकालागि दिल्ली ल्याइएको हो ।

इन्डोस्कोपी तथा कोलोन्स्कोपी तथा क्याप्सुुल इन्डोस्कोपी गरेर थप चेकजाँच गरेपछि आगामी उपचार योजना बनाउने पनि श्रोतले जनाएको छ । ‘राति नै विशेष चिकित्सकहरुको विशेष बैठक बसेर मेडिकेसन सुरु गरिसकिएको छ । रिपोर्ट आएपछि चिकित्सकले थप मेडिकल प्लान गरेर उपचार गरिनेछ,’ श्रोतले भन्यो ।

काठमाडौंको ग्रान्डी अस्पतालमा रोग पहिचान नभएका कारण घिमिरेलाई थप उपचारका लागि दिल्ली ल्याइएको हो । शरीरमा आन्तरिक रक्तश्राव भएको पत्ता लागे पनि कुन भागबाट रक्तश्राव भइरहेको भन्ने ठम्याउन नसकिएपछि चिकित्सकले थप उपचारका लागि बाहिर लैजानु सुझाएका थिए । 

छाउनीस्थित बीरेन्द्र सैनिक अस्पतालका चिकित्सक डा. शिवाजी सिलवाल तथा आफन्तहरुका साथ घिमिरेलाई दिल्ली ल्याइएको हो । सय वर्ष पुग्नै लागेका घिमिरेले महाकाव्य रचनाको अन्तिम चरणमा रहेको बताउँँदै आएका छन् । महाकाव्य सक्ने धोको उनले राखेका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.