कालीगण्डकीमा दुई युवा बेपत्ता, दुईजनाको उद्दार

कालीगण्डकीमा दुई युवा बेपत्ता, दुईजनाको उद्दार

पाल्पाः कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बगेर पाल्पाका दुई युवा बेपत्ता भएका छन् । विहीबार पौडी खेल्दै गर्दा बगनासकाली गाउँपालिका–६ यम्घा नजिकैको कालीगण्डकीमा ती युवा बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय पाल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए । 

गाउँमा कुलपूजा सकेर पौडी खेल्न गएका चारमध्ये दुईजना बेपत्ता भएको प्रहरीले जनाएको छ । दुईजनाको नदीबाटै उद्दार गरिएको छ । बेपत्ता हुनेमा बगनासकाली गाउँपालिका–६ यम्घाका २५ वर्षीय गोविन्द्र परियार र २४ वर्षीय चन्द्रबहादुर परियार रहेको जिल्ला प्रहरी कार्याल पाल्पाले जनाएको छ । 

कालीगण्डकीमा बगेका सोही स्थानका २२ वर्षीय विजय परियार र १८ वर्षीय सागर परियारलाई भने उद्दार गरिएको घिमिरेले जानकारी दिए । उद्दार गरिएका दुई युवकको  लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बेपत्ता युवाहरुको खोजी भइरहेको उपरीक्षक घिमिरेले बताए ।   

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.