वामको बजेटबारे कांग्रेसको प्रतिक्रिया: नारा वायुपंखी घोडाको, गति भने कछुवाको

वामको बजेटबारे कांग्रेसको प्रतिक्रिया: नारा वायुपंखी घोडाको, गति भने कछुवाको

काठमाडौँ: कानेपाली कांग्रेसले वाम सरकार नेतृत्वको सरकारले ल्याएको बजेटले उसैले जारी गरेको श्वेतपत्रलाई लत्याएको ठहर गरेको छ। मं‌गलबार ल्याइएको बजेटबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले यस्तो भनेका हुन् । 

पत्रकार सम्मेलनका क्रममा प्रवक्ता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा जलमार्गको सपना राति होइन, दिउँसै देखेको भन्दै बताएको कुरा साँझ बजेट जारी हुँदा गायब भएको बताए । 

प्रवक्ता शर्माले चुल्हा चुल्हामा ग्यास पुर्‍याउने कुरामा पनि बजेट मौन रहेको भन्दै कटाक्ष गरे । उनले बजेटले श्वेतपत्रलाई खण्डन गरेको पनि जिकिर गरे ।‘श्वेतपत्रमा कांग्रेसले रित्तो हात ढुकुटी बुझायो भनियो, तर अहिले ८ प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य राखिएको छ', उनले भने, 'के रित्तो ढुकुटीले ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सक्छ ?' ८ प्रतिशत आर्थिक वृद्धि गर्ने स्पष्ट कार्ययोजना पनि सरकारले ल्याउन नसकेको भन्दै शर्माले आलोचना गरे । 

उनले बजेटमा रोजगारी सृजना गर्ने कुरा सकारात्मक भएको बताए । तर रोजगारी सृजना गर्ने कुरामा पनि विरोधभास रहेको उनको तर्क थियो । कांग्रेस प्रवक्ता शर्माले निजी क्षेत्रलाई निरुत्साहित गरेर रोजगारी सृजना गर्ने कुरामा विरोधाभास रहेको जिकिर गरे । 

‘के कम्बोडियामा लगानी गर्ने एनआरएनले नेपाल आएर लगानी गर्न सक्छ ? के अब रोजगारीका लागि विदेश जाने कुरा रोकिन्छ ?', उनले प्रश्न गरे, 'प्रधानमन्त्री रोजगारी कार्यक्रम नाम मात्रको छ, त्यसले राजगारी सृजना गर्नै  सक्दैन।’ 

कृषिको उत्पादन दोब्बर बनाउने कुरा कांग्रेसले सकारात्मक रुपमा लिएको शर्माले बताए । तर कृषिको उत्पादन बढ्ने राष्ट्रिय गौरवका सिक्टा, बबई लगायत आयोजनालाई प्राथमिकता नदिनेले कृषि उत्पादन दोब्बर गर्ने कुरासमेत विरोधभास रहेको बताए । 

उनले कांग्रेसले विगतमा ल्याए जस्तो नवीनतम कार्यक्रम समेत वाम सरकारले नल्याएको दाबी गरे। 'निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई फरक ढंगले ल्याएको छ निर्वाचन क्षेत्र विकास कार्यक्रम ल्याउन जरुरी नै थिए', उनले भने, 'घुमाउरो पाराले ल्याइएको छ । यो जरुरी होइन, स्थानीय तह नभएकाले यो कार्यक्रम ल्याइएको थियो । अब यति ठूलो रकम सांसदलाई बाड्नु आवश्यक नै छैन ।'
 
उनले बजेट महत्वाकांक्षी कार्यक्रमसहित आएको बताए । बजेट अस्पष्ट, अन्यौल र परम्परागत कम्युनिस्ट शास्त्रीयरुपमा आएको पनि शर्माले बताए । ‘वायुपंखी नारा तर कछुवाको गतिमा आएको छ', उनले भने, 'आकाशको तारा झारेर राख्छु भन्ने सरकार नीति तथा कार्यक्रममा झर्यो र बजेटमा हरायो ।’ 

उनले कर बढाउने कुरा गरिए पनि त्यसमा कुनै नवीन कार्यक्रम ल्याउन नसकेको बताए । 'बजेटले व्यापार घाटा बढाउँछ', शर्माले भने, 'सरकारले मुल्यबृद्धि रोक्ने कुनै कार्यक्रम ल्याएन । बजेटपछि मुल्य बृद्धि आकाशिन्छ ।'

शर्माले विद्यार्थीहरुले समेत बजेटमा विमति राखेको बताए । उनले शिक्षा क्षेत्रमा २० प्रतिशत छुटयाउनु भन्ने कुरामा गम्भीरता नदेखाएको आरोप लगाए । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने कुरामा कुनै ठोस कार्यक्रम नरहेको शर्माको जिकिर थियो। वृद्ध भत्ता ५ हजार बनाउने कुरा  चुनावी घोषणा पत्रको कुरा समेत सरकारले बिर्सिएको आरोप लगाउँदै उनले कांग्रेसले ६५ वर्षमा बृद्ध भत्ता दिने कुरा समेत नजरअन्दाज गरिएको बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.