मन्त्रीलाई रोक्न खोज्दा सांसदबीच धकेलाधकेल
काठमाडौं : प्रतिनिधिसभाको दोस्रो बैठक पनि पुनः स्थगित भएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण १५ मिनेटका लागि स्थगित भएको बैठक दोस्रो पटक पनि स्थगित भएको हो।
दोस्रोपटक बैठकमा पनि सुरुमै कांग्रेसका सांसदहरू रोस्ट्रम घेर्न पुगेका थिए।
सभामुख कृष्णबहादुर महराले बैठक सुरु नै नभएको भन्दै प्रतिपक्षीका सांसदहरूलाई बस्न अनुरोध गरेका थिए। तर उनीहरूले घेराउ नरोकेपछि सभामुखले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई चिकित्सा शिक्षा विधेयक पारितका लागि प्रस्तुत गर्न अनुमति दिए।
कांग्रेसको अवरोधकै बीच विधेयक प्रस्तुत गर्न जान लागेका शिक्षामन्त्री पोखरेललाई कांग्रेस सांसदहरूले रोक्ने प्रयास गर्ने क्रममा सांसदहरूबीच धकेलाधकेल भयो।
केहीबेरको धकेलाधकेलबीच सभामुख महराले पुनः बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।
प्रतिक्रिया दिनुहोस !