प्रदेश १ मा ६० हजारको कोरोना परीक्षण

प्रदेश १ मा ६० हजारको कोरोना परीक्षण

 विराटनगर : प्रदेश १ मा ६० हजार भन्दा बढीको पीसीआर परीक्षण गरिएको छ। प्रदेशका तीन वटा प्रयोगशालामा गरिएको परीक्षणमा ६० हजार ६ सय ८० स्वाबको पीसीआर परिक्षण गरिएको हो। 

प्रदेशका १४ वटै जिल्लाबाट संकलन गरिएको स्वाब सँगै प्रदेश बाहिरका व्यक्तिको पनि प्रदेशका तीनवटा ल्याबमा परीक्षण गरिएको छ। प्रदेश प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवका अनुसार प्रदेश १ का जिल्लाको ५६ हजार ४ सय १६ र प्रदेश १ बाहिरका जिल्लाको ४ हजार १ सय ७४ वटा पीसीआर परीक्षण भएको हो।

निर्देशक यादवका अनुसार हालसम्म बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले १८ हजार ८ सय ७, कोशी अस्पताल विराटनगरले २२ हजार ३ सय ५२ र प्रदेश प्रयोगशालाले १९ हजार ५ सय २१ वटा पीसीआर परीक्षण गरेको छ। 

परीक्षण गरिएका मध्ये हाल सम्म १ हजार ५ सय ६३ को रिपोर्ट पोजेटिभ आएको छ भने ५४ हजार ८ सय ५३ जनाको रिपोर्ट नेगेटिभ आएको छ। प्रदेश १ मा कोरोना संक्रमणकै कारण मंगलबार सम्ममा ८ जनाको मृत्यु भईसकेको छ। त्यसमध्ये ३ जना प्रदेश १ बाहिरका छन्।

प्रदेश १ मा मोरङमा सवैभन्दा बढी संक्रमण देखिएको छ। मोरङमा ६ सय ५७ जना संक्रमित भएका छन्। मोरंगमा १६ हजार ९ सय ४२ जनाको पीसीआर परीक्षण गरिएको छ। विराटनगर महानगरपालिका क्षेत्र भित्रका ९ हजार ६ सय ८० को परीक्षण भएको निर्देशक यादवले बताए। 

हालसम्म महानगरपालिकाले पठाएको ४ हजार, कोशी अस्पतालको बुथमा संकलन भएको १ हजार २ सय, प्रदेश ल्याबले महानगर क्षेत्रभित्र संकलन गरेको ३ हजार र विराटनगरका विभिन्न संघ संस्थाबाट लिईएको नमूना १ हजार ४ सय ८० को पीसीआर परीक्षण भएका हुन्। 

सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले प्रदेश १ मा रहेका तीनवटा प्रयोगशालाले दैनिक १ हजार ५ सय स्वावको परीक्षण गर्न सक्ने क्षमता रहेको जानकारी दिए।

झापाको मेची अञ्चल अस्पतालको ल्याब सञ्चालनको तयारीमा रहेको जानकारी दिँदै प्रमुख मेहताले मेचीको ल्याव सञ्चालनमा आएपछि परीक्षण क्षमता बढ्ने बताए।

प्रदेश प्रयोगशालाका निर्देशक यादवले प्रदेश प्रयोगशाला विराटनगरमा १ हजार, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ९ सय, कोशी अस्पताल विराटनगरमा ८ सय ५० स्वाव अभलै होल्डमा रहेको जानकारी दिए। प्रदेशमा धेरै स्वाव संकलन हुने गरेकाले दैनिक ७ सय स्वाब होल्डमा हुने गरेको निर्देशक यादवको भनाइ छ।
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.