गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङको पनि दाबी

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङको पनि दाबी

पोखरा : एमाले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फेरि मुख्यमन्त्रीमा नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष दाबी गरेका छन्। उनले जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समेत साथ रहेको पत्रसहित दाबी प्रस्तुत गरेका हुन्। 

जनता समाजवादी पार्टीको गण्डकी प्रदेश कमिटीले गुरुङलाई आफ्ना सांसदको समर्थन रहेको पत्र दिएको छ भने जनमोर्चा संसदीय दलका नेता कृष्ण थापाले पनि उनैलाई समर्थन गरेका छन्। गुरुङको पार्टी एमालेसँग २७ सांसद छन् भने जनमोर्चाका ३ र जसपाका २ सांसद छन्। यद्यपि जनमोर्चाका २ र जसपाका २ सांसद हिजो नै प्रदेश प्रमुखकहाँ भौतिक उपस्थितिसहित कांग्रेस संसदीय दलका नेतालाई आफूहरुको समर्थन रहेको भनी हस्ताक्षर बुझाएका छन्। 

प्रदेश प्रमुख सीताकुमारी पौडेलको आह्वान अनुसार शुक्रबार नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सभाका बहुमत ३१ सांसदको समर्थन रहेको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। 

प्रदेश सभामा सबैभन्दा ठूलो दल एमालेको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त गुरुङले २७ गते विश्वासको मत सम्बन्धी राखेको प्रस्ताव अस्वीकृत भएको थियो। ६० प्रदेश सभाका २७ सांसदले उनलाई मत दिए भने ३० जना विपक्षी उभिए। १ जना तटस्थ रहे। १ जना उपस्थितै भएनन्। 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.