प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाव : मन्त्री यादवलाई पदमुक्त गर्नुस्

प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाव : मन्त्री यादवलाई पदमुक्त गर्नुस्

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई पदमुक्त गर्नुपर्ने बताएका छन्। हिंसा भड्काउने अभिव्यक्ति दिएकाले पदिय मर्यादा विपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई पदमुक्त गर्नुपर्ने सुझाव दिएका हुन्।

रौतहट जिल्ला सदरमुकाममा बुधबार मन्त्री यादवले सार्वजनिक कार्यक्रममै जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको ज्यान लिने धम्की दिएपछि उनको चर्को आलोचना हुँदै आएको छ। 
शर्माले तीन वटा सुझाव दिँदै यादवलाई राजीनामा दिन आग्रहसमेत गरेका छन्। कोरोना संक्रमित भएर आइसोलेसनमा बसेका शर्माले सुझाव दिँदै ट्वीटमा भनेका छन्,‘ स्वयं व्यक्तिद्वारा भुल स्वीकार र क्षमा याचना वा सम्बन्धित दलद्वारा पहलकदमि र राजीनामा वा पदिय मर्यादा विपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीद्वारा पदमुक्त गर्नुपर्छ।’

शर्मा‍ले राज्यको जिम्मेवारीमा बस्नेको अभिव्यक्ति र व्यवहार तुलनात्मक रुपले बढि जिम्मेवार हुनुपर्ने धारणा राखेका छन्। उनले भनेका छन्, ‘हिंसा भड्कावको अभिव्यक्ति जोसुकैबाट होस् स्वीकार्य हुनुहुन्न, विगतको हिंसा देशका लागि गम्भीर पाठ बन्नुपर्छ, रोमान्सको अभिव्यक्ति बन्नुहुन्न।’

डा. सीके राउतलाई घेराबन्दी गरी हत्या गर्न कार्यकर्तालाई उक्साएकी थिइन्। निकै आक्रोशित शैलीमा प्रस्तुत उनले गौर हत्या फोरमकै नेतृत्वमा भएको स्वीकारोक्तिसमेत दिइन्।

मन्त्री यादवको भनाइलाई लिएर देशव्यापी विरोध तीव्र भएको छ। यसले कानुनी राज्यको उपहास गरेको, हत्या–हिंसालाई प्रश्रय दिएको, शान्ति प्रक्रियामा गइसकेको शक्तिलाई बिथोलेर समाजमा अशान्ति ल्याउने वातावरण निम्त्याएको बुद्धिजीवीहरूको ठम्याइँ छ। नागरिक समाजका अगुवा र बुद्धिजीवीहरूले मन्त्री यादवलाई बर्खास्त गर्न प्रधानमन्त्रीको ध्यानाकर्षणसमेत गरेका छन्।विभिन्न राजनीतिक दलका नेताहरूले पनि मन्त्री यादवको भनाइमा घोर आपत्ति जनाएका छन्।

२०६३ साल चैत्र ७ गते रौतहटको गौरस्थित राइस मिलमा मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादी एउटै स्थानमा छुट्टाछुट्टै मार्च बनाएर सभा गर्न लाग्दा दुई पक्षमा झडप भएको थियो। उक्त झडपमा २७ माओवादी कार्यकर्ताको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यु भएको थियो।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.