कारबाही गरेका सांसद जोगाएर दल विभाजनको मतियार बने सभामुख : ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखको भूमिकाले थप गतिरोध सृजना भएको बताएका छन् । सभामुख अग्निप्रसाद सापकोटाकै कारण संसदमा गतिरोध सृजना भएको भन्दै अध्यक्ष ओलीले सभामुखको राजीनामाको माग समेत गरेका छन्।
एमसीसी अनुमोदन पछि पत्रकार सम्मेलनमा ओलीले सभामुख दल विशेषको आज्ञापालक बनेको धारणा व्यक्त गरे। उनले भने, 'संसदमा एमालेको अवरोध कायम रहिरहेको बेला बल मिच्याइँ गर्ने सभामुखको व्यवहार आपत्तिजनक छ । सरकारले दिएको विजनेस संसदमा प्रस्तुत नगर्ने जस्ता पदीय दायित्व प्रतिकुल व्यवहार गर्दै आउनुभएका सभामुखले कुनै समय एमसीसी टेबल गर्नपरे आत्महत्या गर्छु भन्ने जस्तो आवेगपूर्ण अभिव्यक्ति दिनुभएको थियो । पदीय कर्तव्यको पालनभन्दा पनि दल विशेषको आज्ञापालक बन्नुभयो ।’
ओलीले सभामुखले दलले कारबाही गरेका सांसदलाई जोगाएर दल विभाजनको मतियार बनेको धारणा व्यक्त गरे। 'अहिले राष्ट्रिय राजनीति लिगबाट बाहिरिएको छ । सभामुखको भूमिकाले थप गतिरोध सृजना भएको छ । ’
प्रतिक्रिया दिनुहोस !