बुढीगंगा नगरपालिकामा फेरि मतदान, सीडीओ र सुरक्षा अधिकारीलाई विभागीय कारवाही गर्न निर्देशन

बुढीगंगा नगरपालिकामा फेरि मतदान, सीडीओ र सुरक्षा अधिकारीलाई विभागीय कारवाही गर्न निर्देशन

काठमाडौं : निर्वाचन आयोगले बाजुराको बुढीगंगा नगरपालिकामा पुन: मतदान गर्ने निर्णय गरेको छ।

मतदानका दिन नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच मतदानस्थलमा झडप, उम्मेदवारमाथि कुटपिट र मतदाता लखेटिने घटना भएपछि नगरपालिकामा मतगणना स्थगित भएको थियो।

कांग्रेसले पुन:मतदानको माग गरेको थियो भने एमालेले गणनाको माग गरेको थियो। नगरपालिकाभित्रका विभिन्न मतदान केन्द्रमा तनावको अवस्था सिर्जना हुँदा मतगणना प्रभावित बनेको थियो। तनावका बीच निर्वाचन अधिकृत कृष्ण सापकोटाले राजीनामा दिएका थिए।  

स्थानीय तह निर्वाचनको १४ दिनपछि आयोगले बिहीबार बुढीगंगामा वैशाख ३० गते भएको मतदान रद्द गर्ने र पुन: मतदान गराउने निर्णय गरेको हो।

आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४१ को उपदफा (४) बमोजिम यथाशीघ्र मतदान गर्ने मिति र समय तोकी मतदान गराउन निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

सीडीओ र सुरक्षा अधिकारीलाई कारवाही सिफारिस

आयोगले मतदानका दिन सुरक्षा व्यवस्थापनमा लापरवाही गरेको भन्दै बाजुराका प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीमाथि कारवाही सिफारिस गरेको छ।

प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, प्रहरी नायव उपरीक्षक चतुर्भुज ओझा तथा सशस्त्र प्रहरी उपरीक्षक दिपक विष्टले सुरक्षा व्यवस्थामा गम्भीर लापरवाही गरी निर्वाचनको स्वच्छता, स्वतन्त्रता तथा निस्पक्षतामा आँच आउने काम गरेको भन्दै आयोगले तीन दिनभित्र हटाउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो।

उनीहरु सेवा शर्तसम्बन्धी प्रचलित कानून बमोजिम विभागीय कारबाही गरी तीन महिनाभित्र आयोगलाई जानकारी गराउन तथा उक्त पदमा अन्य जिम्मेवार कर्मचारीलाई खटाएर स्थानीय तह निर्वाचनको प्रक्रिया अघि बढाउनका लागि उपयुक्त वातावरण तयार गर्न पनि निर्देशन दिएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.