अनैतिक सम्बन्धबाट छोरा जन्मिएपछि विवाह गर्न दबाब दिने महिलाको होटलमा लगेर हत्या

अनैतिक सम्बन्धबाट छोरा जन्मिएपछि विवाह गर्न दबाब दिने महिलाको होटलमा लगेर हत्या

सिरहा : एक विवाहित महिलाको हत्या गरेको अभियोगमा लहान ८ का २५ वर्षीय अमितकुमार साह पक्राउ परेका छन् । घटनाको २१ दिनपछि हरिवनबाट पक्राउ परेका साहलाई इलाका प्रहरी कार्यालय लहानले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

मिर्चैया बजारकी अंकिता यादवको हत्या गरेको अभियोगमा साहलाई पक्राउ गरिएको प्रहरी निरीक्षक जुगेश्वर राउतले जानकारी दिए । साहले अंकिताको हत्या आफूले गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन् । मंसिर २१ गते लहानस्थित शुभलक्ष्मी होटल एन्ड लजको कोठामा अंकिताको शव हत्या भएको अवस्थामा फेला परेको थियो । 'अंकितासँग साहको अनैतिक सम्बन्ध रहेको र अंकिताले विवाह गर्न दबाब दिएपछि साहले उनको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छ', प्रहरी निरीक्षक राउतले भने ।

साहसँगको यौनसम्बन्धबाट अंकिताले तीन महिनाअघि छोरा जन्माएकी थिइन् । अंकिताको हत्याका क्रममा नाबालक छोरा साथमै रहेको खुलेको छ । मंसिर २२ गते बिहान अंकिता बसेको कोठामा बच्चा चिच्याएपछि होटलका कामदार हेर्न गएका थिए । उनीहरूले अंकिताको हत्या भएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार लहानस्थित साहको जयराम सुनचाँदी पसलमा अंकिता गहना खरिद गर्न गएकी थिइन् । त्यसपछि साहले उनलाई दिएको भिजिटिङ कार्डमा रहेको नम्बर मोबाइलमा सेभ गरेपछि सामाजिक सञ्जालमा साथी बनेका थिए । 'इमो म्यासेन्जरमा भिडियो कलमार्फत उनीहरूको सम्बन्ध स्थापित भयो', राउतले भने, 'उनीहरू यस्तो नजिक भए कि पटक पटक लहानका विभिन्न होटलमा बस्न थालेका थिए ।'

अंकिता विवाहित भएको थाहा पनि साह टाढिएनन् । अंकिताको खर्च तिर्दातिर्दै साहले पसलसमेत बिक्री गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसपछि घरपरिवारले उनलाई विराटनगरस्थित सुधार केन्द्रमा पठाएको थियो । सुधार केन्द्रबाट २८ दिनपछि फर्किनेबित्तिकै उनले अंकितासँगै सम्पर्क गरेका थिए । गर्भवती भएकी अंकिताले बच्चा जन्माउँदा करिब डेढ लाख रुपैयाँ उनले तिरेको खुलेको छ ।
प्रहरीले नवजात शिशुलाई भने युवतीका श्रीमान् श्रीप्रसाद यादवको जिम्मा लगाएको छ । प्रहरी स्रोतका अनुसार अरूसँगको सम्बन्धका कारण यादवले अंकितालाई वास्ता गर्न छाडेका थिए ।

यसरी भयो घटना

प्रहरी अनुसन्धानका अनुसार २१ मंसिरमा प्रदेशसभा र प्रतिनिधिसाका निर्वाचनमा लहानस्थित मतदान केन्द्रमा कांग्रेसका तर्फबाट प्रतिनिधि बनेका थिए साह । दिउँसो अंकिताको फोन आयो । अंकिता फोनमा रुन/कराउन थालिन् । त्यसपछि उनी अंकिताको घर मिर्चैया पुगे । अंकिताले सासूससुराले बस्न समस्या पारिरहेको सुनाउँदै साहकै घरमा बस्ने भन्न थालिन् । अंकितालाई मोटरसाइकलमा राखेर लहान ल्याई लजमा राखेर उनी घर पुगेका थिए ।

घरमा खाना खाएर सुत्न नपाउँदै एक जनाले फोन गरी 'तपाईंको मान्छे यहाँ आएर रोइकराइ गरिरहेछ, तपाईं अहिल्यै आउनुस्' भन्यो । श्रीमतीसँग झुठो बहाना बनाएर साह अंकिताकहाँ पुगे । 'तपाईंको घरमै बस्ने' भनेपछि उनले अंकितालाई घर लिएर गए । तर, परिवारका सदस्यले ढोका खोलेनन् । त्यसपछि उनीहरू लजमै पुगे । अंकिता निदाएपछि साहले डोरी लिएर उनको हत्या गरे । अंकिताको ज्यान गएपछि उनी नवजात शिशु लिएर घर गए फेरि ढोका खुलेन । त्यसपछि लज पुगेर अंकिताकै छेउमा बच्चा छाडी उनी फरार भएका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.