छुरा प्रहार गरि भागेका दुई युवक पक्राउ
विर्तामोर्ड : अर्जुनधारा नगरपालिका– ११ निवासी ३६ वर्षीय देवी संग्रौलालाई छुरा प्रहार गरी फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–६ निवासी १७ वर्षीय सन्देश उप्रेती र अर्जुनधारा– ११ का १६ वर्षीय अंकित प्रधान रहेको विर्तामोर्ड इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले बताए ।
मंगलबार राति अर्जुनधारा–११ स्थित बस पार्कको सिर्जना होटल अगाडि आपसी विवाद हुँदा संग्रौलामाथि छुरा प्रहार गरिएको थियो । छुरा प्रहारबाट संग्रौलाको छातीको दायाँ भागमा गम्भीर चोट लागेको छ । उनको विर्तामोर्डस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
छुरा प्रहार पछि फरार उनीहरूलाई बुधबार बिहान पक्राउ गरी ज्यान मार्ने उद्योगमा कारबाही अघि बढाइएको प्रहरी निरीक्षक विष्टको भनाइ छ । रासस
प्रतिक्रिया दिनुहोस !