प्रधानमन्त्रीसँग महन्थ ठाकुरले मागे चार मन्त्रालय, प्रचण्डको असन्तुष्टि

प्रधानमन्त्रीसँग महन्थ ठाकुरले मागे चार मन्त्रालय, प्रचण्डको असन्तुष्टि

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई सरकारमा ल्याउने अन्तिम तयारी थालेका छन्। प्रधानमन्त्री देउवाले भारत भ्रमणमा जानुअघि नै लोसपालाई सरकारमा ल्याउने तयारी थालेका हुन्। यसबीच उनीहरुबीच निरन्तर सम्बादसमेत भइरहेको छ। 

बालुवाटार स्रोतका अनुसार आइतबार दिउँसो प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता भएको छ। भेटवार्तामा ठाकुरले प्रधानमन्त्रीसँग चार मन्त्रालय मागेको स्रोतको भनाइ छ। 'प्रधानमन्त्री र ठाकुरबीच दिउँसो सरकारमा सहभागी हुने विषयमा छलफल भयो। छलफलमा अध्यक्ष ठाकुरले चार मन्त्रालय दाबी गर्नुभएको छ,' स्रोतले भन्यो। प्रधानमन्त्री देउवाले दुई मन्त्रालय दिएर लोसपालाई सरकारमा ल्याउन चाहेको बालुवाटार स्रोतको दाबी छ।

लोसपा नेता डा. सुरेन्द्र झाले पनि सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्रीसँग महन्थ ठाकुरले निरन्तर सम्वाद गरिरहेको बताए। त्यसका लागि लोसपाले आफ्ना सर्तहरु अगाडि सारेको उनले बताए। 'हो, सरकारमा सहभागी हुनेबारे अध्यक्षजी र प्रधानमन्त्रीजीबीच सम्वाद भइरहेको छ। अध्यक्षजीले प्रधानमन्त्रीजीसँग नागरिकता विधेयक, राजबन्दी रिहाई, नेता-कार्यकर्तामाथि लगाइएको झुटा मुद्दा फिर्तालगायत सर्तअरु अगाडि सार्नुभएको छ,' झाले अन्नपूर्णसँग भने।

प्रचण्डले असहमति जनाए पनि प्रधानमन्त्री देउवा जसरी पनि लोसपालाई सरकारमा ल्याउन चाहन्छन्।

सरकारमा सहभागी हुनुअघि लोसपाले केन्द्रीय कार्यकारिणी बैठकसमेत डाकेको छ। चैत १६ गते बस्ने बैठकमा सरकारमा सहभागी हुनेबारे निर्णय हुनसक्ने बताइएको छ।

लोसपालाई सरकारमा ल्याउन प्रचण्ड 'अनिच्छुक'

प्रधानमन्त्री देउवाले लोसपलाई सरकारमा ल्याउने तयारी गर्दैगर्दा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आपत्ति जनाएका छन्। प्रधानमन्त्री देउवाको सन्देश लिएर गृहमन्त्री बालकृष्ण खाँण खुमलटार पुगेका थिए। प्रधानमन्त्रीको सन्देशमा प्रचण्डले अनिच्छुक देखाएको माओवादी नेताले बताए। 'उपेन्द्र यादवजी सरकारमै हुनुहुन्छ। उहाँ सरकारमा हुँदाहुँदै महन्थजीलाई सरकारमा सहभागी गराउनु उहाँ(प्रचण्ड)ले ठीक मान्नुभएन,' ती नेताले अन्नपूर्णसँग भने।

प्रचण्डले असहमति जनाए पनि प्रधानमन्त्री देउवा जसरी पनि लोसपालाई सरकारमा ल्याउन चाहन्छन्। प्रधानमन्त्री देउवा चैत १८ गते भारत भ्रमणमा जाँदैछन्। सम्भवतः चैत १४ गते बस्ने लोसपाको केन्द्रीय कार्यकारिणी बैठकले सरकारमा जाने निर्णय गर्ने स्रोतको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.