समयमै उपचार नपाउँदा छजना गर्भवतीको मृत्यु

समयमै उपचार नपाउँदा छजना गर्भवतीको मृत्यु

सल्लेरी, सोलुखुम्बु : चालू आर्थिक वर्षको जेठ अन्तिम सातासम्म छजना गर्भवतीको ज्यान गएको छ ।चालू आवको हालसम्म जिल्लामा विभिन्न कारणले छजना गर्भवतीको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख डा मिङ्मार ग्याल्जेन शेर्पाले जानकारी दिए।

मृत्यु हुनेमा सबैभन्दा बढी थुलुङ दूधकोशी गाउँपालिकाभित्रका रहेका छन्। कम उमेरमा गर्भाधान, स्वास्थ्य संस्थामा नियमित जाँच नगर्ने, मान्यता प्राप्त स्वास्थ्य संस्थामा प्रसूति नगराउने र समयमा नै उपचारमा नपुग्दा उनीहरुको मृत्यु भएको डा. शेर्पाको भनाइ छ । 

मृत्यु हुनेमा थुलुङ दूधकोशी गाउँपालिका देउसा चराखुकी १८ वर्षीया महिलाको शिशुलाई जन्म दिएपछि साल अड्किनाका साथै अत्यधिक रक्तश्राव भएर मृत्यु भएको थियो। यस्तै सोही गाउँकी अर्की महिलाको पनि अत्यधिक रक्तश्राव मृत्यु भएको डा शेर्पाको भनाइ छ। 

यस्तै महाकुलुङ गाउँपालिका पेल्माङकी ३२ वर्षीया र सोलु दूधकुण्ड नगरपालिका-१ टाक्सिन्दुकी ५० वर्षीया महिलाको समेत अत्यधिक रक्तश्राव भएर थप उपचार नपाउँदा मृत्यु भएको अस्पतालको तथ्याङ्कमा उल्लेख गरिएको छ। 

यस्तै माप्य दूधकोशी गाउँपालिका काँकुकी २४ वर्षीया युवतीको पनि समयमा उपचार हुन नसक्दा रक्तश्रावकै कारण मृत्यु भएको प्रमुख डा. शेर्पाले जानकारी दिए। उनीहरुमध्ये चारजनाको स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य जाँच नगराउनुका साथै अस्पतालमा प्रसूति नगराउँदा मृत्यु भएको बताइन्छ।

जिल्लामा कम समयमा बच्चा जन्माउनु, स्वास्थ्य संस्थामा नियमित जाँच नगराउनु, धेरै बच्च जन्माउनु खानपानमा समेत ध्यान नदिनुलगायतले आमाको ज्यान जाने गरेको कार्यालयको भनाइ छ।जनचेतना अभावकै कारण मातृ मृत्युदर कम हुन नसकेको डा. शेर्पाको भनाइ छ।रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.