भारतीय दूतावासले मुक्तिनाथमा गर्यो योगा क्याम्प
काठमाडौं : नेपालस्थित भारतीय दूतावासले मुस्ताङको मुक्तिनाथ क्षेत्रमा योगा क्याम्प सञ्चालन गरेको छ।चौंथो अन्तराष्ट्रिय योगा दिवसको अवसरमा दूतावासले १२ हजार ५०० फिट उचाईमा अवस्थित मुक्तिनाथ मन्दिर परिसरमा योगा क्याम्प सञ्चालन गरेको हो।
योगा क्याम्पमा त्यहाँका भिक्षुका साथै स्थानीय सहभागी थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ भ्रमण गरेर फर्किएको एक महिनापछि भारतीय दूतावासले त्यहा योगा क्याम्प सञ्चालन गरेको हो।
मोदीले नेपाल भ्रमणको क्रममा गत वैशाख २९ गते मुक्तिनाथको दर्शन गरेका थिए।